पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको एमाले संसदीय बोर्ड बैठकले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाउनुअघि नैतिकता आधारमा राजीनामा दिन आग्रह गरेपछि एमाले संसदीय बोर्ड बोर्डले सो निर्णय गरेको हो ।
गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । दोस्रो ठूलो दल एमाले छ । कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वमा एमाले सरकारका चार जना मन्त्री सरकारमा छन् । जसमध्ये गोविन्दबहादुर नेपालीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भीमबहादुर कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, यशोदा रिमालले उद्योग तथा पर्यटन र लक्ष्मणबहादुर पाण्डेले स्वास्थ्य मन्त्रालय सम्हालेका थिए ।
हाल गण्डकीमा मुख्यमन्त्रीसहित नौ सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गत २ वैशाखमा मन्त्रिमण्डल हेरफेर गरेका थिए । उनले आफ्नो पार्टी नेपाली कांग्रेस र एमालेका सबै मन्त्री हेरफेर गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनांगे) माथि ज्यान मार्ने मुद्दामा दोषी ठहरपछि कारागार चलान भएका थिए । सबैभन्दा ठूलो दल कांग्रेसको २७, एमालेको २२, नेकपाको ७ (सभामुखसहित), राप्रपा २, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) १ सिट छ ।
सम्बन्धित समाचार
सुक्खा पहिरोले म्याग्दीको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते
कास्कीमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी
प्रधानमन्त्री शाहले अस्ताम गाउँ टेक्दा स्थानीय खुशीले गदगद
मेस्सीमाथि बम आक्रमणको धम्की आएकै हो ?
मनसुन सक्रिय : यी प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना
रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी
रोङको मोडल: आईपीओमा आरक्षणदेखि ‘मोडल भिलेज’सम्म
विजयपुर खोलाले २ बालक बगायो






