जय नेपाल पार्टीले विभाग र जनवर्गीय संगठनमा जिम्मेवारी तोक्यो

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै जय नेपाल पार्टी (प्रस्तावित) ले बाढीपीडित सहयोग समिति गठन गरेको छ ।

पार्टीका सभापति डा. धवलशम्सेर राणाको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्य सदस्य रहेको बाढीपीडित सहयोग समिति गठन गरिएको हो । यस्तै, पार्टीको विधानबमोजिम विभिन्न विभाग, समिति तथा जनवर्गीय संगठनमा जिम्मेवारीसमेत तोकिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजकमा डा. धवलशम्सेर राणा, सुपरिवेक्षण समिति तथा जनवर्गीय संगठन संयोजन विभागको संयोजकमा मुकुन्दश्याम गिरी, सचिवालय प्रमुखमा सगुन सुन्दर लावती र संगठन विभागको संयोजकमा प्रज्जवल बोहरा चयन भएका छन् ।

त्यस्तै, प्रशिक्षण विभागको संयोजकमा संगीता सिलवाल, आर्थिक स्रोत व्यवस्थापन विभागमा होमनाथ गौतम, प्रचारप्रसार तथा सामाजिक सञ्जाल विभागमा शंशाक शम्सेर थापा, सामाजिक सञ्जालतर्फ रंजन कार्की र मिडियातर्फ राधिका जोशीलाई जिम्मेवारी दिइएको छ ।

तराई मधेस विभागको संयोजकमा राम नेरश यादव, अनुसन्धान तथा योजना विभागमा इश्वरी भट्टराई, सूचना तथा प्रविधि विभागमा प्रभात योगी, शिक्षा विभागमा कर्णबहादुर शाही, खेलकुद विभागमा दमन बस्नेत र प्रवास विभागमा शशी सिलवाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, सुशासन तथा भ्रष्टाचार न्यूनीकरण विभागको संयोजकमा प्रकाश जंग कार्की, वातावरण विभागमा पवित्रा सुब्बा श्रेष्ठ, सम्पर्क समाज विभागमा फणीराज लोहनी, मूल्याङ्कन तथा अभिलेख विभागमा विकास श्रेष्ठ, अर्थनीति अनुसन्धान विभागमा श्यामल कृष्ण श्रेष्ठ र सूचना सञ्चार समितिको संयोजकमा सुरेश आचार्यलाई जिम्मेवारी दिइएको छ ।

पार्टीले विभिन्न जनवर्गीय संगठनमा पनि नेतृत्व तोकेको छ । नेपाल युवा संगठनको सभापतिमा निराजन बम, नेपाल महिला संगठनको सभापतिमा अन्जना शाह रावल, नेपाल भूतपूर्व सैनिक संगठनको सभापतिमा मनोजकुमार सिलवाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालको सभापतिमा चिरागमान सिंह कुँवर चयन भएका छन् ।

त्यस्तै, नेपाल किसान संगठनको सभापतिमा अमृत परियार र नेपाल नागरिक मोर्चाको सभापतिमा पशुपति कठायतलाई जिम्मेवारी दिइएको पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

भदौ २३ गते गर्ने भनिएको जेनजी आन्दोलनका कार्यक्रम स्थगित