काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकट बिक्री गर्ने अधिकार ईसेवाले पाएको छ।
नेपाल क्रिकेट संघले सोमबार एनपीएल तेस्रो संस्करणका लागि मिडिया र टिकटिङ अधिकार बिक्री गरेको हो। टिकटिङ अधिकार ईसेवालाई प्रदान गरिएको संघका सचिव पारस खड्काले जनाएका छन् ।
ईसेवाले ८५ लाखमा टिकट बिक्री गर्ने अधिकार प्राप्त गरेको हो। टिकटमा प्राप्त हुने आम्दानीको ९५ प्रतिशत संघले र ५ प्रतिशत ईसेवाले प्राप्त गर्ने सहमति भएको छ।
त्यस्तै, ओटीटी अधिकार नेटटीभी प्रालिले पाएको छ। नेटटीभीले १८ करोड चार लाखमा विश्वव्यापी ओटीटी अधिकार पाएको हो।
यसैगरी, नेपालमा टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कले पाएको छ। हिमालय टीभीले १४ करोड ६४ लाखमा टेलिभिजन प्रसारण अधिकार पाएको हो।
तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)
सम्बन्धित समाचार
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य
मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य






