काठमाडौं । श्रीलंकाको टी–२० क्रिकेट टोलीका कप्तान चरिथ असलंकाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलंकालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो । २९ वर्षीय असलंकाले श्रीलंकाका लागि ७७ टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४६६ रन बनाएका छन् । बलिङतर्फ उनले सात विकेट लिएका छन् ।
फ्रेन्चाइज क्रिकेटमा पनि उनले अनुभव हासिल गरिसकेका छन् । असलंकाले हालसम्म १८५ टी–२० खेल खेल्दा तीन हजार ७१५ रन बनाउनाका साथै ३७ विकेट लिएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लंका प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र इन्टरनेसनल लिग टी–२० लगायत चर्चित फ्रेन्चाइज लिगमा सहभागिता जनाइसकेका छन् ।
अब असलंका एनपीएलमा पनि देखिने छन् । एनपीएलको तेस्रो सिजन ९ कात्तिकदेखि काठमाडौंमा आयोजना हुने तालिका छ ।
सम्बन्धित समाचार
नेपाल र बंगलादेशबीच मार्चमा ३ खेलको टी–२० सिरिज हुने
मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य
गाउँ जाने बाटोमा ज्यानकै जोखिम
बाढीमा सुदूरपश्चिमका १५० जना अझै बेपत्ता
डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता
बाढीपीडितका लागि सुरक्षित जग्गा पहिचान गर्न सहसचिवको नेतृत्वमा समिति गठन
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
आज साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक सञ्चालनमा आउने






