काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ ।
खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो ।
दुई हजार ४९१ मत गणना गर्दा खतिवडाले एक हजार १२५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ८०६ मत ल्याएका छन् ।
तेस्रो स्थानका डिल्लीराम सुवेदीले ६१० मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कडेलले ५२४ मत ल्याएका छन् ।
पाँचौँ स्थानका विकास कोइरालाले ४१५ मत पाएका छन् । छैटौँ स्थानका राजीव ढुंगानाले ३७४ मत पाएका छन् ।
सातौँ स्थानका रमेशप्रसाद धमलाले २९३ मत पाएका छन् । आठौँ स्थानका अमृतकुमार अर्यालले २७२ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९९ मत पाएका छन् ।
महिला सहमहामन्त्रीतर्फ दुई हजार ४९० मत गणना हुँदा प्रतिमा गौतमले एक हजार ६७८ तथा नानू बास्तोलाले ४७९ मत पाएकी छिन् ।
सम्बन्धित समाचार
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको विषय संसदमा उठ्यो, विपक्षी दलहरुद्वारा चर्काे भर्त्सना
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
चीनबाट फर्केको केही दिनपछि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
कांग्रेसमा गगनको दोस्रो इनिङ
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म गगन थापाको यात्रा
कांग्रेस महाधिवेशनः २२३१ मत गन्दा उपसभापति र महामन्त्रीमा को–को छन् अगाडि ?






