बेलकामा ‘सानो दारे’ हात्ती मृत फेला

यो तस्बीर संकेतका लागि मात्र राखिएको हो ।

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ‘सानो दारे’ नामले चिनिने वयस्क भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बेलका नगरपालिका–१ स्थित एक किसानको धानबारीमा मंगलबार हात्ती मृत अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानबारीमा हात्ती मृत भेटिएको हो ।

प्रारम्भिक जानकारी अनुसार सो हात्ती एक वर्ष भन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो । हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन ।

कोशीटप्पु वन्यजन्तु आरक्षको नजिकै हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले गर्ने उनले बताए । पोस्टमार्टमपछि मात्रै हात्तीको मृत्युको कारण ’bout थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । जंगली हात्ती मृत भेटिएपछि यसको मृत्युको कारण’bout स्थानीयमा भने चासो बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट