खाँदबारी नगरपालिकाका संस्थापक उपप्रमुख घिमिरेको निधन

सङ्खुवासभा । नेकपा एमाले संखुवासभाका पुर्वअध्यक्ष तथा खाँदबारी नगरपालिकाका संस्थापक उपप्रमुख जीतबहादुर घिमिरेको निधन भएको छ। नेकपा एमाले पुर्वअध्यक्ष तथा खाँदबारी नगरपालिकाका संस्थापक घिमिरेको बुधबार बिहान निधन भएको नेकपा एमाले अध्यक्ष खड्गबहादुर राईले बताए । खाँदबारी ३ स्थित मानेभञ्ज्याङमा २०१७ साल कात्तिक ९ गते जन्मेका घिमिरेको ६६ बर्षमा निधन भएको हो ।

त्यसैगरी खाँदबारी नगरपालिकाका संस्थापक उपप्रमुख घिमिरेको निधन बिहीबार शोकमा विदा दिने निर्णय गरेको छ । घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै खाँदबारी नगरपालिकाले बिहीबार (असोज २९ गते) एक दिन शोक बिदा दिने निर्णय गरेको छ । खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाद्वारा विज्ञप्ति जारी गर्दै बिहिवार एकदिन नगरपालिका कार्यालय मातहतका सम्पूर्ण कार्यालयमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

घिमिरे खाँदबारी नगरपालिकाका संस्थापक उपप्रमुख हुनुका साथै नेकपा एमाले संखुवासभाका पूर्वजिल्ला अध्यक्षसमेत हुन् । उनको निधनले जिल्लाको राजनीतिक तथा स्थानीय तहको नेतृत्व क्षेत्रमा क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरपश्चिममा १५ करोड चाहिने निशुल्क औषधि खरिदमा ८० लाख मात्रै बजेट