काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार राताम्मे बनेको छ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा ओर्लेको छ । गत साता लगातार बढेको नेप्से यसपटक बन्द भएर घटेको हो ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार आठ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । आज सात अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको एक करोड ९८ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सोमबार पनि घलेम्दी हाइड्रो कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड र कुमारी बैंकको करिब २८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
बेनी हाइड्रोपावरको सेयरमूल्य १३.५८ प्रतिशत बढेको छ। १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।
सम्बन्धित समाचार
असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात
प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गभर्नरको तजबिजीमा आइएमएफ सल्लाहकारमा गैरकानुनी नियुक्ति
स्याङ्जामा आलुमा आत्मनिर्भर बनाउन अनुदान
हिमशिखर सहकारीको १८औँ साधारणसभा सम्पन्न, सम्पत्ति एक अर्बभन्दा बढी पुग्ने अनुमान
वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि






