वीरगञ्ज । घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिका–७, जोतपुर गमरिया निवासी २८ वर्षीय अलियास अंसारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत मंगलबार बिहान करिब १०ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२०, कञ्चनपुरस्थित माइतीघर नजिकै रहेको आँपबगैँचामा बोलाएर कुराकानी गर्ने क्रममा अंसारीले आफ्नी २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि छुरा प्रहार गरेका थिए ।
घरायसी विवादका कारण भएको भनिएको घटनामा उनले श्रीमतीको पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटनापछि उनी फरार भएका थिए ।
गम्भीर घाइते गुल्सानलाई सुरुमा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पताल पुर्याई शल्यक्रिया गरिएको र हाल आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका श्रीमान अंसारीलाई बिहीबार दिउँसो करिब १ बजे अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अंसारीमाथि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी
ग्राहक बनेर आएका चोरबाट नाटकीय ढंगले चोरी
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
सडक दुर्घटनामा प्रहरी जवानको ज्यान गयो, श्रीमती गम्भीर घाइते
बिद्यालयको छानामा ताप परावर्तक रङ र इन्सुलेसन जडान
फेटा घटनाका घाइते आदित्यलाई थप उपचारका काठमाडौं लगियो
४ दिनदेखि बेपता किशोरी फेसबुकमा देखिएपछि परिवारजन चकित
राजविराज नगरवासी फेरि आन्दोलनको तयारीमा






