३६ वर्षदेखि परम्परालाई निरन्तरता

राजविराज । सप्तरी सदरमुकाम राजविराज स्थित नाम चलेका एक निजी विद्यालयले प्रत्येक वर्ष दशै तिहारको अवसर पारेर अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने वसालेको परम्परालाई यस पल्ट पनि निरन्तरता दिएको छ ।

२०४८ सालमा राजविराजमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको लिटिल फ्लावर सेकेन्डरी स्कुलले स्थापना काल देखी नै यस्तो परम्पराको सूरुआत गरेका हुन ।

यसै क्रममा शुक्रवार विद्यालय प्रागंणमा ३६ औं अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । रेड हाउस ए र बी, ब्लु हाउस ए र बी, ग्रीन हाउस ए र बी तथा एल्लो हाउस ए र बी गरी आठ समुहमा विद्यार्थीहरुलाई विभाजन गरी गराइएको प्रतियोगितामा ६९ अंक ल्याई एल्लो बी समुह प्रथम, ६१ अंक ल्याई ब्लु बी समुह द्वितीय तथा ४७ अंक प्राप्त गरी ब्लु ए तृतिय स्थान प्राप्त गरे ।

कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६ कक्षा सम्मका विद्यार्थी तथा दोश्रो चरणमा ७ देखी १० कक्षा सम्मका विद्यार्थीलाई सभागी गराइएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सीपल डा.कमानन्द देवले विद्यार्थीहरुमा बौद्धिक विशिष्टतालाई अझ प्रखर र बलियो बनाउने उदेश्यका साथ स्थापना काल देखी नै सूरु गरिएको उक्त कार्यक्रमलाई हाल सम्म निरन्तरता दिइएको तथा भविष्यमा समेत जारी राख्ने उल्लेख गरे । विद्यार्थीहरुलाई शारिरीक विकास संगै मानसिक र बौद्धिक विकासको उत्तिकै आवश्यक्ता रहेको भन्दै उनले प्रतियोगिताका माध्यमले प्राप्त नयाँ नयाँ जानकारी र ज्ञानले उनीहरुको प्रगतिमा ठुलो योगदान पु¥याउने विश्वास ब्यक्त गरे ।

शिक्षा र अतिरिक्त क्रियाकलाप नै सर्वाङ्गीग विकासको मुल आधार भएकाले यस्तो गतिबिधीमा विद्यार्थीलाई जोडिएको उनको भनाई छ । प्रिन्सीपल डा.देव, सहप्रिन्सीपल पुण्यलाल साह, डा.दिवश प्रकाश देव, कार्यक्रम संयोजक रोशन यादव निर्णायक रहेको प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथी सामुदायीक विद्यालयका सेवानिवृत प्रधानाध्यापक मुनिन्द्र कर्ण, नेपाल प्रत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी, विद्यालयका संस्थापिका साण्डवी देव लगायतले विजेताहरुलाई ट्रफि र प्रमाण पत्र प्रदान गरे । कार्यक्रम संचालन सोनी मिश्राले गरेकी थिइन ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी