काठमाडौं । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति पुगेको नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कलेजलाई एनसेल फाउन्डेसनले शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ। बाढीका कारण पठनपाठन बन्द भएपछि अलपत्र परेका ३०० भन्दा बढी विद्यार्थीको पढाइलाई पुनः सञ्चालन गर्न फाउन्डेसनले यो सहयोग गर्न लागेको हो।
कलेजको नयाँ पूर्वाधार निर्माण र शैक्षिक सामग्री उपलब्ध गराउनका लागि एनसेल फाउन्डेसन र विदुर नगरपालिकाबीच सम्झौता (समझदारी पत्र) मा हस्ताक्षर भएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले यस सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सहकार्य अन्तर्गत एनसेल फाउन्डेसनले कलेजको नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार सुधारमा सहयोग गर्नेछ। यसका साथै कलेजलाई आवश्यक पर्ने कम्प्युटर र फर्निचर लगायतका सामग्रीहरू समेत उपलब्ध गराइने छ। यसले विद्यार्थीहरूलाई पुनः सहज वातावरणमा पढ्ने अवसर मिल्नेछ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले कलेजलाई आवश्यक शैक्षिक पूर्वाधार सहयोग गरेकोमा एनसेल फाउन्डेसनप्रति आभार प्रकट गरेका छन् । उनले आगामी दिनमा पनि नगरपालिकाका अन्य क्षेत्रमा शैक्षिक सहयोग विस्तारका लागि सँगै काम गर्ने इच्छा व्यक्त गरे ।
एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग पुर्याउन फाउन्डेसन प्रतिबद्ध रहेको बताइन । उनले स्थानीय समुदाय र निकायहरूसँग हातेमालो गर्दै आगामी दिनमा अन्य प्रभावित विद्यालय तथा क्याम्पसहरूको पहिचान गरी सहयोगलाई निरन्तरता दिने जानकारी दिइन् ।
सम्बन्धित समाचार
वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो
सुन तोलामै १२ हजार ६ सय रुपैयाँ घट्यो, कतिमा भइराखेको छ कारोबार ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व
अदालतको अल्झनले दमक-चिसापानीजस्तै अन्योल नबनोस भञ्ज्याङ-बेलासे सडक
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
पर्यटन प्रवर्द्धन गर्न नेपाल भारतका सरोकारवालाको एकैमत






