दुधौलीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ३ झुंगामा इसुजु डी–म्याक्स गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत भिमान दुधौली सडक खण्डको झुंगामा आईतबार दिउँसो दुर्घटना भएको हो । काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२८ च २७८३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । उनलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा सोही स्थानका ३८ वर्षीया प्रमिला भट्टराई, उनका ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा अतर्व भट्टराई घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र थप उपचारका काठमान्डौ लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् । दुर्घटनाको कारण’bout अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

किसान र घर गुमाएकाहरु राहत र पुनःस्थापनाको प्रतीक्षामा, कृषिमा राहत भने शुन्य