आईसीयू र भेन्टिलेटरको शीघ्र व्यवस्था गर

कोरोना महामारीको संक्रमण आम रूपमा फैलदै गर्दा संक्रमणबाट गम्भीर भएका बिरामीको संख्या र चाप बढ्दै गइरहेको छ । तर, ती बिरामीको उपचारका लागि अस्पतालमा चाहेको र भनेकोजस्तो सहजै शøया उपलब्ध हुन सकिरहेको छैन । परिणामतः धेरै गम्भीर र संक्रमित बिरामी पनि होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । उचित उपचार र निगरानी हुन नसक्दा कतिपय संक्रमित मृत्युको मुखमा पर्न बाध्य भइरहेका छन् ।

सरकारले कम जोखिम र कम गम्भीर प्रकृतिका बिरामीलाई घरैमा होम आइसोलेसनमा बसी उपचार गर्न र अस्पतालमा कम भिडभाड गर्न तथा चाप कम गराउन भन्दै नीति बनाएपछि घरैमा बसेर उपचार गरिरहेकाहरू संक्रमणले च्यापी गम्भीर हुँदासम्म पनि अस्पतालमा आवश्यकता अनुरूपको शøया र आईसीयू सुविधा पाउन सकेका छैनन् । यसले गर्दा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भइरहेका छन् । पछिल्लो समयमा काठमाडौं उपत्यकामा मात्र नभई देशभरमा प्रतिदिन लिइने सरदर परीक्षणको कुल परिमाणमा २५ प्रतिशतभन्दा बढी संक्रमितको संख्या देखापर्न थालेपछि स्थिति थप भयावह बन्दै गइरहेको छ । सरकारले यसलाई घटाएर मात्र २ प्रतिशतमा झार्ने भने पनि संक्रमितको संख्या उकालो लागिरहेको छ ।

सरकारले यसअघि हरेक अस्पतालले तोकिएको मापदण्डअनुसार शøया तथा भेन्टिलेटरसहितको सेवा र सुविधा दिन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको र आदेशअनुसार ती तयारी हालतमा रहेको भनी जानकारी पनि गराएको थियो । तर, अहिले गम्भीर संक्रमितको संख्या बढ्दै जाँदा देशभर जम्मा ३ सय ६१ संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत रहँदा पनि आवश्यक सेवासुविधाको अभाव हुन गएको छ । यसले बढ्दै गरेको संक्रमित बिरामीको आवयकताअनुसार सेवासुविधा पु¥याउन नसक्ने देखिन गएको छ । पछिल्लो तथ्यांकअनुसार देशभरका कुल ३७ हजार ७ सय ६५ सक्रिय संक्रमितमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् । राजधानी सहर रहेका कारणले पनि अस्पताल र स्वास्थ्य सेवा निकै सघन रहेको भनिएको बाग्मती प्रदेशमा पनि १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन् । त्यसो त अन्य प्रदेशमा १ हजारभन्दा माथिको संख्यामा संक्रमितको संख्या रहेको तथ्यांकले देखाएको छ । मात्र सुदूरपश्चिम र कर्णाली प्रदेशमा हजारभन्दा मुनिको संख्यामा संक्रमितको संख्या रहेको देखिन्छ ।

दिन प्रतिदिन देशभर गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै जाँदा अबका दिनमा देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढेर जाने निश्चित छ । हाल गम्भीर प्रकृतिका संक्रमितको चाप हरेक प्रदेशमा बढिरहेको छ । तर, बढिरहेको कोरोना संक्रमणको अति गम्भीर प्रकृतिका बिरामीको संख्याको अनुपातमा तदनुरूपका स्वास्थ सेवाहरूको विस्तार हुन सकिरहेको छैन । हरेक दिन देशभर २ हजारदेखि ३ हजारका बीचमा कोरोना संक्रमितको संख्या थपिदै गइरहेको छ । नेपालजस्तो सानो जनसंख्या भएको देशमा छोटो समयमै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुग्नु आफंैमा चुनौतीको विषय हो । यो संख्याको २ प्रतिशत मात्र गम्भीर प्रकृतिको बिरामीमा परिणत भइदिए पनि त्यो नेपालका लागि अकल्पनीय हुन जाने निश्चित छ । अब त दिनमा कम्तीमा १७ जनाको मृत्यु हुन जानु कम जोखिमयुक्त अवस्था होइन । त्यसैले, यस्ता प्रकृतिका बिरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटरको शीघ्र व्यवस्था गर ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी