सर्वोच्चले देशभरको हाम्रो सभा हेरेकै होला : प्रम ओली

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातिर फर्कन नदिने दृढता व्यक्त गरे । प्रदेश १ को राजधानी विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अब मुलुक अस्थिरतातिर फर्कदैन ।

त्यसका लागि ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको हाम्रो सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए । उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न ।’कुनै कारण प्रतिनिधिसभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए ।

प्रचण्डले सुरुमा बैद्यलाई बोकेको र बैद्यले उनलाई छाडेको त्यसपछि डाक्टरलाई बोकेकोे र पछि डाक्टरले पनि छाडेपछि अहिले झँक्रीलाई बोकेर हिँडेका छन्

ओलीले प्रचण्ड–नेपाल समूहले पार्टी छाडेर गएको दाबी गरेका छन् । उनले सो समूह पार्टीबाट गएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको बताए । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले पार्टीमा रहँदा आयोगहरुमा पदाधिकारी नियुक्त गर्न नदिएको आरोप लगाए ।

प्रचण्डप्रति व्यङ्ग्य गर्दै प्रम ओलीले भने, ‘बैद्य र डाक्टरले बचाउन नसकेको प्रचण्डलाई झाँक्रीले बचाउन सक्दैनन । उनले भने, प्रचण्डले सुरुमा बैद्यलाई बोकेको र बैद्यले उनलाई छाडेको त्यसपछि डाक्टरलाई बोकेकोे र पछि डाक्टरले पनि छाडेपछि अहिले झँक्रीलाई बोकेर हिँडेको आरोप लगाए ।

ओलीले प्रचण्डतर्फ कटाक्ष गर्दै २–४ सिटमा सीमित हुने प्रचण्डलाई आफैले सिङ्गजुरो होलिदिएको दाबी गर्दै आफुले हालिदिएको सिङ्गजुरोका कारण प्रचण्डमा अहंकार पलाएको आरोप लगाए । प्रचण्ड सच्चिने र फर्कने अवस्थामा हुनुहुन्न, भिरबाट खस्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिन्न, ओलीले भने– ‘प्रचण्ड फर्कन चाहे स्थान सुरक्षित छ ।’

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता