दोहा विमानस्थलमा निवस्त्र पारिएका महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने

दोहा । दोहा विमानस्थलमा निवस्त्र पारिएका अस्ट्रेलियाली महिलाहरूले कतार सरकारविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।

सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा नवजात शिशु भेटिएपछि ती महिलाहरूलाई उड्न तयारी रहेको विमानबाट ओरालेर निवस्त्र पारिएको थियो । सुत्केरी भएको आशंकमा निवस्त्र महिलालाई परीक्षण गरिएको थियो । कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा राखिएका महिलालाई नर्सहरूले भित्री वस्त्र फुकाल्न लगाएरजाँच गरेका थिए ।

निवस्त्र पारिएको घटना’bout महिलाहरुको विरोधपछि कतारले माफी मागेको थियो । कतारका तत्कालिन प्रधानमन्त्री खालिद अल थानीले सरकारका तर्फबाट क्षमा मागेका थिए । घटनामा संलग्न विमानस्थलका एक अधिकारी निलम्बनमा परेका थिए ।

करिव पाँच मिनेट परीक्षणगरेपछि उनीहरूलाई पुनः विमानमा चढाइएको थियो । अस्ट्रेलियामा उत्रिएपछि पीडितहरूले प्रहरीलाई उजुरी दिएका थिए । सो घटनाको अन्र्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार बन्न धरौटी, कुन पदमा कति लाग्छ ?