युएईमा रहेको दुई जना नेपालीलाई कोरोना भएको पुष्टि

काठमाडौं । युएईमा रहेका दुई जना नेपालीलाई कोरोना भाइरत (कोभिड १९) भएको पुष्टि भएको छ । युएईवाट प्रकाशित पत्रिका गल्फ टुडेमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार युएईको स्वास्थ्य मन्त्रालयले दुई जना नेपालीलाई कोरोना भएको पुष्टि गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमित विदेशी नागरिकमा ३ जना इटालियन, २ जना बंगलादेशी, १ रसियन, १ भारतीय र एकजना सिरियाका नागरिक रहेका छन् ।

यो संख्यासंगै कोरोना संक्रमित नेपालीको संख्या चार पुगेको छ । एकजना अष्टे«लियामा रहेका नेपाली विद्यार्थी रहेका छन् भने चीनवाट फर्किएका एकजनालाई कोरोना भएको पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)