लहलह सुनाखरी फुल्ने पदमार्ग


सूर्योदय र रोङ गाउँपालिकामा फैलिएको हाँसपोखरी अर्किड महत्वपूर्ण अध्ययन क्षेत्र मानिन्छ । सुनाखरी (अर्किड) साइटिस (अन्तर्राष्ट्रिय व्यापार महासन्धी) सूचीको अनुसुची–२ मा सूचीकृत बनस्पति हो । अर्किटलाई लेप्चा भाषामा ‘करसोङ’ भनिन्छ । यो क्षेत्रमा मात्रै ४१ प्रजातिका अर्किड पाइन्छन् । तीमध्ये २५ प्रजाति रुखमा, १३ प्रजाति जमिनमा र तीनवटा प्रजाति रुख र जमिन दुवैमा पाइन्छन् ।

विश्वका अन्य देशमा नपाइने १४ प्रजातिका अर्किड नेपालमा मात्रै पाइन्छन् । तीमध्ये केही प्रजातिका अर्किड हाँसपोखरी क्षेत्रमा मात्रै पाइने अध्ययनले पुष्टि गरेको छ । रंगबिरंगा सुनाखरीले पदमार्ग यात्रामा मोहित बनाउँछ । यो पदमार्गमा सिजनअनुसारको फलफूल कन्दमुल, पशुपछी, लोपोन्मुख बनस्पपति हेर्ने रहर पनि पूरा हुन्छ । त्यो ठाउँ हो इलाम, जहाँ साउन, भदौ र असोजमा करसोङ फुल्छ । रोङ गाउँपालिकानजिकैको पाथिभरा मन्दिर र त्यसपछि अलिकति छड्किँदा आउने हाँसपोखरी ।

हाँसपोखरीबाट उक्लिँदा भेटिने पदमार्ग डो¥याउँदै जाँदा पाइने प्रकृतिक गेटको स्वागत द्वार । त्यही पदमार्ग हो, ‘करसोङ’ पदमार्ग । त्यहाँबाट सुरु मार्ग रोङ गाउँपालिकाले लोपोन्मुख लेप्चा जातिको भाषाबाटै पदमार्गको नामाकरण गरेको हो । नाम पनि लेप्चा जातिको भाषाबाटै राखिएको छ ।

पदमार्गको अर्को आकर्षण ‘गुगल प्वाइन्ट’ हो, जुसले सूर्योदय दृश्यावलोकनमा उत्तिकै चर्चा कमाउँदै छ । मेची राजमार्गबाट छोटो दूरीमा पुगिने यो प्वाइन्ट पदमार्गको महत्वपूर्ण आकर्षण हो । अनेकन नदीले चिरा परेजस्तो देखिने तराईको समथर भूमि अर्कोतिर कञ्चनजंघा काखमा हरियो कार्पेट ओच्छ्याएजस्तो चियाका बगान नियाल्दै हिँड्न सकिने ‘केरसोङ पदमार्ग’ कम्ता आनन्ददायक छैन ।

पदमार्गमा पर्ने ‘गिद्धेभीर’ नाममात्रको होइन । प्रकृतिक रूपमै गिद्धको हुल देख्न पाइने भएकैले ‘गिद्धेभीर’ भएको हो । यो यात्रामा पाइने हरेक बोटविरुवामा सूनाखरी फूल । गाउँपालिकाले नामाकरण गरेको लेप्चा भाषामा ‘करसोङ’ भनेको नेपालीमा सुनाखरी होे । अंग्रजीमा अकिड र नेपालीका सुनाखरी भनिने वनस्पतिलाई लेप्चा भाषामा ‘करसोङ’ भनिन्छ । देशकै एकमात्र ठाउँ इलाममा बसोबास गर्ने लेप्चा जाति र संरक्षणमा लागेको रोङ गाउँपालिकाले लोपोन्मुख जातिकै नामबाट मार्ग निर्माण गरेको छ ।
पदमार्ग सजाउन २५ हजार गुराँसको बिरुवा लगाइएको छ । गुराँस फूल्न थालेपछि पदमार्गको रौनकता थप बढ्छ । तराईसँगै जोडिएको पदमार्ग पूर्वकै लामो आकर्षण बन्ने छ । कोरोना माहामारीका बेला विकास निर्माण प्रायः ठप्प हुँदा रोङ गाउँपालिकाले पर्यटकीय विन्दू जोड्न पदमार्ग बनाएको हो । यसका लागि गाउँपालिकाको मात्रै होइन, १ नम्बर प्रदेश सरकार र संघीय सरकारसमेतको बजेट छ ।

गएको आर्थिक वर्षमा रोङ गाउँपालिकाको १५ लाख, संघीय सरकारको १५ लाख र प्रधानमन्त्री स्वरोजागर कार्यक्रमको १२ लाख खर्चिएको छ । बाँकी कामका लागि संघीय सरकारले ६२ लाख विनियोजन गरेको छ भने त्यसमा रोङ गाउँपालिकाको ३० लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको २० लाख खर्च गरेर पदमार्ग बनाइँदै छ । पदमार्गले पयर्टनमार्फत स्थानीय आर्थिक हैसियत पनि उकासिने रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा ५ अध्यक्ष सुवास स्याङ्बोको विश्वास छ ।

रोङ गाउँपालिका–३ हाँसपोखरीबाट सुरु पदमार्ग रोङ ५, ६ हुँदै सीमाना मेची नदी, निन्दा सिरान मेचीनगर नगरपालिकासम्म जोडिएको छ । २९ किलोमिटर दूरीमध्ये १६ किलोमिटरमा पदमार्ग निर्माण भइसकेको छ । जहाँ १५ पर्यटकीय विन्दू छन् । पदमार्गमा पर्यटकलक्षित ६ ठाउँमा होमस्टे विकास गरिएको छ ।

पदमार्गमा साइक्लिङ सम्भावना उस्तै छ । हाँसपोखरीबाट अलि उकालोपछि ‘गुगल प्वाइन्ट’ पुगिन्छ । त्यसउताको दम्साइलो बाटोमा आरामसाथ साइक्लिङ गर्न सकिन्छ । पदमार्गमा साइक्लिङ खुला भएको र प्रतियोगितासमेत गर्न सकिने छ ।

यसवर्ष साइक्लिङ रेस र माउन्टेनबाइक प्रतियोगिता गराउने सोचमा गाउँपालिका छ । यसका लागि माउन्टेन बाइकर राकेश मानन्धरसहितको टोली भौगोलिक अवस्थो अनुसन्धान गरेर फर्किसकेको छ ।

झण्डीडाँडा छिमेकी जिल्ला झापाबाट सबैभन्दा छोटो दूरीमा सूर्योदय दृश्यावलोकन गर्न पाइने ठाउँ हो । यहाँबाट ओराले लागेपछि ‘गोल्डन भ्याली’ को नामले चिनिने सलकपुर पुगिन्छ । त्यसको पनि छुट्टै विशेषता छ । सलकपुरको सुन्तला निकै प्रख्यात छ । जसको नाम लिनेबित्तिकै मुख रसाउँछ ।

सलकपुरमा सुन्तलामात्रै होइन, आधुनिक कृषि हेर्न लायक छ । सुन्तलाभन्दा अग्लो बोटमा झुप्पा लाग्ने सुपारी, मझौलो बोटमा पहेंलपुर भएर पाक्ने रसिलो सुन्तला र सुन्तलाको छाहारीमा लहलह भएर बारी ढाकेको अलैंची आधुनिक कृषिको झझल्को दिन्छ । यसमा ठाउँठाउँमा राखिएको माहुरीको आधुनिक घार, व्यवस्थित पशुपालनले सलकपुरको छुट्टै सुन्दरता बढाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी