कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ


पोखरा । स्थानीय तह सदस्य निर्वाचनको लागि कास्कीमा कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ लागेका छन् । कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ गएका हुन् ।

उनीहरुहरु बुधबारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।

निर्वाचन सामग्री लिनका लागि पोखराको मुस्ताङचोकस्थित जिल्ला निर्वाचन कार्यालय र सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भीड लागेको थियो । कर्मचारी अभावका कारण व्यवस्थित गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताए ।

५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिब २० हजार जना कर्मचारी परिचालित भएको बताए । साथै प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएका छन् । गण्डकीमा पोखरा महानगरपालिका सहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा रहेका छन् ।

कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरमाभित्र ३३ वडा छन् । कास्कीमा कुल वडाको संख्या ७२ छ । ७२ वडा र ५ पालिका गरी कास्कीमा ३ सय ७० जना जनप्रतिनिधि चुनिन्छन् ।

पोखरा महानगरपालिकाको मेयरमा मात्र २८ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । ०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित