अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएका छन । संयुक्त गठबन्धनको तर्फबाट राष्ट्रिय जनमेर्चाका झविलाल थापाले ८ हजार ३ सय २४ मतका साथ विजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले ७ हजार ५ सय २४ मत प्राप्त गरेर पराजित भएका हुन् ।

यस्तै उपप्रमुखमा संयुक्त गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ७ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्ता पौडेलले ६ हजार ८ सय ६४ मत प्राप्त गरेर पराजित भएकी छिन ।

नगरपालिका भित्र रहेका १० वडा मध्ये नेकपा एमाले ४, नेपाली कांग्रेस ३ ,राष्ट्रिय जनमोर्चा ३ वडा जितेका हुन । नगरपालिकामा एमाले बाट पराजित रेशम थापा २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फ बाट मेयर पदमा निर्वाचित भएका थियो,भने थापा अहिले एमाले बाट चुनावमा लडेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ