ओली–गौतम छलफल सकारात्मक

काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरण’bout वातावरण बन्दै गएको छलफलमा सहभागी नेताले जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान संयोजक बामदेव गौतमबीच बिहीबार छलफल भएको छ । भक्तपुरस्थित ओली निवास बालकोटमा भएको भेटघाटमा कम्युनिस्ट पार्टी एकीकरण’bout छलफल भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान सचिवालय सदस्य एवं प्रवक्ता निमकान्त पाण्डेले ओली र गौतमबीच विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टी एकीकरण विषयमा भएको छलफल सकारात्मक रहेको बताए ।

‘हाम्रो पार्टीको नीतिअनुसार नै छलफल भएको छ । कम्युनिस्ट पार्टी एकीकरण अभियानमा छौं । सोही अभियानअन्तर्गत कमरेड केपी ओली र कमरेड वामदेवबीच छलफल भएको छ,’ पाण्डेले भने, ‘दुवै नेता कम्युनिस्ट पार्टीबीच एकीकरण’bout सकारात्मक नै हुनुहुन्छ । हामी सके एकीकरण गरौं, नसके चुनावी वाम गठबन्धन गर्नुपर्ने पक्षमा छौं ।’

एमाले अध्यक्ष ओलीलाई भेटेका गौतम कम्युनिस्ट पार्टीका अन्य शीर्ष नेता भेटेर एकीकरण विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित शीर्षनेतालाई गौतमले भेटरै एकीकरण’bout छलफल गर्नेछन् ।

अभियानका प्रवक्ता पाण्डेले तीन ठूलाका साथै अन्य साना कम्युनिस्ट पार्टीका नेतालाई समेत एकीकरणमा सहभागी गराउने उद्देश्य अभियानमा जोडिने बताए । अभियान घोषणा समयमै विभिन्न साना पाँच कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा गरिने बताएको पाण्डे सुनाउँछन् ।

गत मंगलबार गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । सोही क्रममा विभिन्न साना पाँच कम्युनिस्ट पार्टीबीच समेत एकीकरण गरिएको थियो ।

आगामी तीन महिनासम्म कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि पहल जारी राख्ने रणनीति गौतमको छ । एकीकरण हुन नसकेको अवस्थामा पार्टी निर्वाचन आयोगमा दर्ता गरेर वाम गठबन्धन गरी आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुने योजना गौतमले बनाएका छन् ।

पहिले एक अहिले चार
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदै अहिले चार समूहमा बा“डिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेकपा घोषणा भएको थियो । ३ जेठ २०७५ मा नेकपा घोषणा भएको थियो । तर, यो एकता लामो समय टिक्न सकेन ।

पार्टीका शीर्ष नेताको विवादबीच २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पुनस्र्थापित भए । एमाले र माओवादी पुनस्र्थापित भए पनि यो दुई पार्टी विभाजनक्रम रोकिएन ।

माओवादीका कतिपय नेता एमाले र एमालेका केही नेता माओवादी प्रवेश गरे । केपी शर्मा ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वामदेव गौतमसहितका शीर्षनेताबीच विवादका कारण नेकपा अहिले चार समूहमा विभाजित छ ।

एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन् । एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले ९ भदौ २०७८ मा निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।

एमालेका पूर्वउपाध्यक्ष गौतमले गत मंगलबार नयाँ पार्टी घोषणा गरेका छन् । नेकपा विभाजनपछि एमाले उपाध्यक्ष पदबाट राजीनामा दिएका गौतम नेकपालाई पुनस्र्थापित गर्ने अभियानअन्तर्गत नया“ पार्टी घोषणा गरिएको दाबी गर्छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य गौतम सबै कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि दबाब दिने रणनीतिमा छन् ।

खनाल–नेम्वाङ घोचपेच
नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल भइरहेकै बेला दुई शीर्ष नेता घोचपेचमा उत्रिएका छन् ।

सिंहदरबारमा बिहीबार ६४औं संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच भएको सवालजवाफ रोचक रह्यो ।

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङबीच घोचपेच चलेको छ ।

खनालले एमालेको संसद्् अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर नौ महिना अवरोध गरेको उल्लेख गर्दै उनले त्यसका कारण पुनस्र्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गरे ।

दुई-दुईपटक संसद् भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनस्र्थापित संसद्मा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद्् प्रभावकारी नहुँदा ‘गैरदलीय प्रवृत्ति’ देखा पर्न थालेको खनालको भनाइ छ ।

संसद्् भंग प्रयास र लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि सोही कार्यक्रममा सहभागी नेम्वाङले जवाफ फर्काएका छन् । ‘संसद्् अवरोध कहिलेको कुरा गर्नुभयो, विगतमा पनि अवरोध भएको थियो । को–को थियौं ? विगतमा अवरोध गर्नेहरू सम्झिऔं !’ खनालतर्फ इंगित गर्दै नेम्वाङले यस्तो जवाफ फर्काएका हुन् ।

विगतमा पनि एमालेले संसद् अवरोध गर्दा खनाल र नेम्वाङ एउटै पार्टीमा थिए । त्यतिबेला दुवैले संसद् अवरोध गरेको स्मरण नेम्वाङले गरे । इलामका यी नेता अहिले फरक पार्टीमा छन्् ।

के कारण संसद्् अवरोध हुन्छ ? भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले थपे, ‘के कारण संसद् अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयन आज अपराह्न ५ बजेसम्म