‘द पोएट आइडल’मा मुक्ताको क्रेज बढयो

रौतहट । हिमालय टेलिभिजन एचडी मा प्रशारण भैरहेको द पोएट आइडियल सिजन २ रौतहट चन्द्रपुर नगरपालिका वाड नं. ५ की मुक्ता गौतमको क्रेज बढेको छ । टप ६ मा पर्न सफल भएकी मुक्ता सो कार्यक्रमको मुख्य प्रधिस्पधीको रुपमा देखिन्छन । अब टप ४ मा पुग्नको लागि कडा प्रधिस्पर्धा छ । टप ४ मा छनौट हुनको लागि एकपटक भोट गरिदिन प्रधिस्प्रधी मुक्ताले आम शुभेक्छुहरुलाइ आग्रह गरेकी छन्। अब टप ४ मा पुग्नको लागी धेरै प्रधिस्पर्धा हुने हुदा एकपटक सम्पुर्ण आमा बुबा,दाजुभाइ,दिदी बहिनी तथा साथीहरुलाइ भोट गरेर सहयोग गरिदिन मुक्ताले समाजिक संजाल मार्फत आग्रह गरेकी छन् ।

भोटिङ गरेर सहयोग सहयोग गरिदिन उनको आग्रह

लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ को वाइल्ड कार्ड श्रृंखलाको मञ्चमा नै गायक प्रमोद खरेलले उहाँको शब्द लाई कम्पोज गरी सुन्दर संगीत रचना गरिदिएका थिए । गायक खरेलले गौतमलाई भविष्यमा सहकार्य गर्नसकिने भनेर हौसला पनि दिए । अब गौतमलाइ अघिल्लो साउण्डमा पुग्नका लागि भोटको जरुरी छ ।

रौतहटको माटोले जन्माएको प्रतिभालाई फुलाउन हाम्रो माया, साथ, सहयोग र प्रोत्साहन जरुरी रहेको भन्दै समाजिक संजालमा उनको लागी भोट माग्ने काम भइरहेको छ । प्रतियोगी गौतमले अघिल्लो राउण्डमा पुग्नको लागी आम नागरिक संग आफनो अमुल्य मत मागेकि छिन । एकपटक भोट गरेर आफनो प्रतिभा आम नेपाली बिच ल्याउनको लागी उनले सहयोग गरिदिन आग्रह समेत गरेकी छिन ।

भोटिङ लाइन आज शुक्रबार दिउँसो १२: ०० बजे सम्म खुल्ला रहनेछ । चन्द्रपुरकी चेली गौतमको लागी मधेश प्रदेश उधोग तथा पर्यटन मन्त्री युवराज भट्टराई समिर,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी लगायतले समाजिक संजाल मार्फत गौतमलाइ भोट गर्न आग्रह गरेका छन । जन्माएको प्रतिभालाई फुलाउन हाम्रो माया, साथ, सहयोग र प्रोत्साहन जरुरी रहेको पत्रकार पुरीले बताएका छन् ।

भोट गर्न ओएसआर कनेक्ट एस डाउनलोड गरी इसेवा र खल्तीको माध्यम बाट भोट गर्न सकिन्छ। विदेशमा बस्नुहुने शुभचिन्तकहरुले खल्ती डट कमबाट भोट गर्न सकिने मुक्ताले जानकारी दिइन । आफ्नो ठाँउको चेली बेटीलाई भोट गर्नुहुन्छ भन्ने अपेक्षा कवि मुक्ता गौतमले गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता