पाकिस्तानमाथि भारतको जित

युएइ । एसिया कप २०२२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि पाँच विकेटको रोमाञ्चक जित निकालेको छ ।दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे । भारतलाई अन्तिम ओभरमा जितका लागि सात रनको आवश्यकता थियो । जसमा हार्दिक पान्ड्याले चौथो बलमा छक्का प्रहार गर्दै भारतको जित सुनिश्चित गरे ।

भारतका लागि रविन्द्र जडेजाले र विराट कोहलीले समान ३५ रन बनाए । हार्दिक पान्ड्याले ३३ रन बनाउँदा सुर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए । पाकिस्तानले दोस्रो इनिङको तेस्रो बलमै सफलता पाएको थियो । भारतका ओपनर लोकेश राहुल गोल्डेन डक भएका थिए ।

भारतले तेस्रो बलमा राहुललाई, ५० रनमा रोहितलाई, ५३ रनमा कोहलीलाई, ८९ मा सुर्यकुमारलाई र एक सय ४१ मा रविन्द्र जडेजलाई गुमाएको थियो । पाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिए । यस्तै नसिम साहले दुई विकेट हात पारे । यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाएका थिए । रिजवानले ४२ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । इफ्तिखर अहमेदल २८ रन बनाएका थिए । यसबाहेक, सहबाज दहनीले १६ रन जोड्दा कप्तान बाबर आजम र फकर जमामले समान १० रन जोडेका थिए । हरिस रौफले १३ रन बनाएका थिए ।

भारतका भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिएका थिए । भुवनेश्वरले चार ओभरमा २६ रन खर्चिए । हार्दिक पन्ड्याले तीन विकेट लिएका थिए । यस्तै, अर्शदीप सिंहले दुई र अभेस खानले एक विकेट हात पारे ।

पाकिस्तानले स्कोरबोर्डमा १५ रन छँदा कप्तान आजमलाई गुमाएको थियो । ४२ रनमा फकर जमानलाई गुमाएको पाकिस्तानले ८७ रनमा इफ्तिखिर अहमेदलाई गुमाएको थियो । इफ्तिखर अहमेद र रिजवानले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक