टेली शृंखलाकै फ्लेवरमा आयो चलचित्र हिजो आजका कुरा

काठमाडौं । सन्तोष पन्तले करिब डेढ दशक हास्य ब्याँग्य टेली सृँखला हिजो आजका कुरा दर्शकमाझ ल्याए । एक समयको निकै चर्चित यो सिरियल बन्द भएको निकै लामो समय भयो । यो अन्तरालमा उनले हिजो आजको कुरालाई चलचित्रको रुपमा ल्याएका छन् ।

यो चलचित्रको बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । यो चलचित्रलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका हुन् । एक समय हिजो आजका कुरामा बाल कलाकार भएर चर्चा कमाएका साकारले अष्ट्रेलियाबाट सिनेमा पढेर नेपाल आएपछि यो चलचित्र बनाएका हुन् ।

यो चलचित्र शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ । आफ्नो बुबाले हिजो आजको कुरालाई एउटा ब्रान्ड बनाएको कारण सोही स्वादमा आफुले चलचित्र निर्माण गरेको साकारले बताएका छन् ।

टेली सृँखला हिजो आजका कुराकै फ्लेबर दिने यो चलचित्रले बिदेशमा रहेका नेपालीहरुको पारिवारिक पीडा देखाएको छ । नेपालमा उच्च तथा मध्यम बर्गिय परिवारमा बिदेशमा गएर उतै हराउने प्रचलनले यसले निम्त्याएका समस्यालाई निकै मार्मिक रुपमा प्रस्तुत गरेको छ ।

चलचित्र हिजो आजका कुरा जती हास्य प्रधान छ । यो चलचित्र उत्तिकै मार्मिक पनि छ । फिल्मले हँसाउँदा हँसाउँदै दर्शकलाई बेला बेलामा निकै रुहाउँछ । चलचित्रको यही विशेषता आफुहरुलाई मन परेको प्रिमियर शोमा उपस्थित सिनेकर्मीहरुले बताए ।

यो चलचित्रमा सन्तोष पन्तसँगै ऋचा शर्मा, रिमा विश्वकर्मा, दिब्यदेब पन्त, साकार पन्त, रमा थपलिया, जयनन्द लामा, रमेश अधिकारी, जेविका कार्की, बिनय कुईकेल, अनुष्का अधिकारी, कमला रेग्मी, निराजन प्रसाद अर्याल, लक्ष्मी भुसाल, सविन शाक्य, मन्जु श्रेष्ठ, शैलजा पान्डेलगायतको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई सन्तोष पन्त आफैंले निर्माण गरेका हुन् । सह निर्मातामा बैकुन्ठ प्रसाद उपाध्याय र सचित कुमार मिश्र छन् । रवि सायमीले खिचेको यो चलचित्रलाई बिनय कँसकारले सम्पादन गरेका हुन् । यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी सिनेमा हलबाट रिलिज हुने पनि निर्देशक साकार पन्तले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो