उपाधि संकटा कि बिवाइएससी ?

पोखरा । २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार हुने फाइनल प्रतिस्पर्धामा उपाधि आफूले जित्ने दुवै टिमको दाबी छ । फाइनल प्रतिस्पर्धी अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा र संकटा क्लब पोखरा रंगशालामा उपाधि चुम्ने दाउमा मैदान उत्रिदै छन् ।

पाहुना टोलीको पहिलो पल्ट उपाधि जितेर फर्किने लक्ष्य छ भने संकटा १९ औं संस्करणको जस्तै उपाधि दोहो¥याउने दाउमा हुनेछ । आयोजक सहारा क्लब पोखराको आयोजनामा शुक्रबार फेवाताल किनारमा पत्रकार सम्मेलनमा बिवाईएससीका प्रशिक्षक प्रदीप हुमागाईंले पहिले पनि आफूले यहाँबाट उपाधि चुमेको स्मरण गर्दै अहिले पनि जितेर जाने बताए । उनले विपक्षी संकटामा राष्ट्रिय प्लेयर भएकोले आफूहरुलाई पनि नयाँ अनुभव हुने उनको भनाइ छ ।

संकटाका प्रशिक्षक सल्यान खड्गी फुटबल फिजिकलले मात्र नखेलिने गेम भएकोले आफूहरु पनि सोही अनुरुप उपाधि जीतमा तयार रहेको बताउँछन् ।

आहारारामा संकटाको यो सहित आठौं पटकको सहभागिता हो । पहिलो पल्ट उपाधि चुम्दा उसले विदेशी टिम अफ्रिकन रुट्स्लाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो । गत वर्ष भने संकटा तेस्रो क्वाटरफाइनलबाटै घर फर्किएको थियो । त्यसबेला लिगलिडर मच्छिन्द्रले ४–१ को फराकिलो गोलअन्तरले उसको चुनौती पन्छाएको थियो ।

पहिलो सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै संकटा फाइनल पुगेको छ । सिधैं क्वाटरफाइनल खेलेको संकटाले त्रिभुवन आर्मी क्लबको चुनौती ३–१ ले पन्छाएको थियो ।

तर गत वर्षदेखि मात्रै आहारारामा सहभागिता जनाउन थालेको बिवाईएसीले यसपालि उत्कृष्ट लय समात्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० ले पराजित गर्दै उसले संकटासँग उपाधि भिडन्त सुनिश्चित गरेको हो । अन्तिम क्वाटरफाइनलमा भने मनाङलाई १–० ले हराएको थियो । अघिल्लो पटक बिवाईएसी पहिलो क्वाटरफाइनलमा एपिएफसँग ३–१ ले हार्दा पहिलो खेलबाटै बिदा लिन पुगेको थियो । रोचक त के छ भने ११ औं संस्करणमा थ्रिस्टारले टिमको लागि तेस्रो पल्ट उपाधि जित्दा प्रदीप हुमागार्इं नै प्रशिक्षक थिए । अहिले उनी शारीरिक रुपमा सुगठित खेलाडी लिएर ५ करोड बढी खर्चिदैं समुद्रपारबाट पोखरामा फुटबल खेल्न आएका हुन् ।

क्याराभानसहित आहारारामा सर्वाधिक विजेता टिम विभागीय नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब हुन् । उनीहरुले ६–६ पटक उपाधि चुम्दा थ्रि स्टारको नाममा ५ पटक उपाधि जीतको इतिहास छ । यस्तै, संकटासहित, आयोजक सहारा क्लब पोखरा, विभागीय एपिएफ र अफ्रिकन युनाइटेड क्लबले १–१ पटक उपाधि जितेका छन् ।

आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ । विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोलाई १ लाख थप गरिएको हो । बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार व्यवस्था छ । प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको क्लब अध्यक्ष सुरज गुरुङले बताए ।

१० टिमले भाग लिएको प्रतियोगिता १४ पुसदेखि सुरु भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउ हो ।

जारी संस्करणमा हालसम्म सम्पन्न ८ खेलमा एउटामात्र अतिरिक्त समयमा धकेलियो । चर्च ब्वाइज र पुलिसबीचको खेल निर्धारित समयमा १–१ को बराबरी हुँदा अतिरिक्त समयमा चर्च ब्वाइजले २–१ ले जितेको थियो । सबैभन्दा छिटो (पाँच मिनेटमै) गोल गर्ने खेलाडीमा धरानका प्रकाश बुढाथोकी र संकटाका स्टेफेन विनोङ रहे । उद्घाटन खेलमा प्रकाशले सहाराविरुद्ध र स्टेफेनले पहिलो सेमिफाइनलमा एपिएफविरुद्ध गोल गरेका हुन् । प्रतियोगितामा सर्वाधिक गोलकर्तामा संकटाका मिसुकी र स्टेफेन विनोङले सर्वाधिक ३–३ गोल गरेका छन् ।

आहारारा फुटबल टुर्नामेन्टमा १७ औं पटकको सहभागितामा चार पटकसम्म फाइनल यात्रा तय गरेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लब यसपालि पनि उपाधि होडबाट बाहिरियो । संकटासँग तेस्रो क्वाटरफाइनलमा सुरुआती अग्रता जोगाउन नसक्दा आर्मीले ३–१ को जीत सुम्पिदै आफ्ना समर्थकलाई निराश पारेको हो । विश्वकपको रौनक सेलाउन नपाउँदै घरेलु मैदानको फुटबलले भने दर्शकलाई प्यारापिटमा त्यत्ति तान्न सकेन ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित