सशस्त्र प्रहरी समाजको अभिन्न अङ्ग हो : एसएसपी पौडेल

बारा । सशस्त्र प्रहरी समाजको अभिन्न अङ्ग रहेको मधेश प्रदेशका एसएसपी माधव प्रसाद पौडेलले बताएका छन् । सोमवार सशस्त्र प्रहरी बल नेपाल, १२ नम्बर गण कलैयाको १७ औ वार्षिक उत्सव कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी समाजको हिस्सा रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै एसएसपी पौडेलले खुल्ला सिमा नाका भएकोले तस्करी नियन्त्रण देखि अवैध क्रियाकलाप रोक्नुपर्ने सशस्त्र प्रहरीलाई निर्देशन समेत दिएका थिए ।

सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिहले स्वागत मन्तव्य दिदै विस २०६४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल, १२ नम्बर गणले तत्कालीन जिल्ला विकास समितिबाट सेवा दिदै आएको उनले बताए ।

आफ्नो कार्यकाल भन्दा पहिलाका सिनियर अधिकृतले गरेको योगदानले हालको समयमा सशस्त्र प्रहरी बल नेपाल, १२ नम्बर गणले कलैया उप-महानगर १६ झिल्कोमा स्थित आफ्नो छुट्टै गण बनाउन सफल भएको कार्यक्रममा सम्झेका थिए । सानो युनिटबाट समाजको रक्षा गर्दै आज गणमा परिवर्तन हुनु आफैंमा ठुलो ईतिहास संघर्षले पाएको कल्पना गर्न सकिने उनले बताए ।

सशस्त्र प्रहरीले समाजको साथै सिमामा देशको रक्षा पनि गर्ने गरेको उनले सम्झे । खुल्ला सिमानाको फाईदा उठाउदै कुनै अप्रिय घटना नहोस भनेर अहोरात्र खटिरहेको सिहले भने ।

नाकामा खटेका सशस्त्र प्रहरीहरूले गरेको कामको मूल्याङ्कन गरि सम्मानित पनि भएका थिए । साथै एक जना सशस्त्रका सहिद परिवारलाई सम्मान पनि गरिएको थियो । १७ औ वार्षिक उत्सवको अवसरमा केक काटी सशस्त्र प्रहरी अंकित ब्यानरमा बेलुन बाधेर उडाएका थिए । वार्षिक उत्सवको अवसरमा गणका सशस्त्र प्रहरीहरूले संगेतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

एपिएफका एसएसपी माधव प्रसाद पौडेल, जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र कुमार साह, सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिह, नेपाल प्रहरी उपरीक्षक महेन्द्र खडका, फेटा गाउपालिका अध्यक्ष रुस्तम अंसारी,उधोगी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी १२ नम्बर गण अन्तर्गत बिओपी १०, बेस क्याम्प ७ गरि १८ वटा सशस्त्रको युनिट रहेको छ । जिल्ला अन्तर्गत पर्ने ६२ किमि खुला सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा