अभियुक्तको संरक्षण कहिलेसम्म ?

बैतडीका एक युवा २७ वर्षको उमेरमा बाबुको हक माग्दै अदालत पुगेका छन् भने सप्तरीमा श्रीमान्को निधन भएको १४ वर्षपछि आमा बनेकी एकल महिला न्यायको पर्खाइमा छिन् । यी दुवै घटनाको मुख्य कारण हो बलात्कार । बैतडीमा एक पुरुषबाट बलात्कृत महिलाले गर्भ बोकिन् । स्थानीय भद्रभलाद्मीले थोरै नगद र सुनमा महिलालाई उजुरी दिनबाट रोके । जन्मिएको सन्तानले २७ वर्ष पुग्दा पनि जन्मदर्ता नपाएपछि सन्तानलाई अदालत जान सुझाव दिइन् । सप्तरीमा पनि त्यही प्रकृतिको घटना घट्यो एकल महिला बलात्कृत भइन् । वडाध्यक्ष, स्थानीय भद्रभलाद्मी र बलात्कारमा संलग्नसहित एउटै पञ्चायत बसेर गाउँमै कुरा मिलाउने योजना बनाए । सहमति गरेको भोलिपल्टदेखि फरार अभियुक्त अहिलेसम्म गाउँमा भेटिएका छैनन् ।

महिलामाथि हुने गरेको हिंसामध्येको चरम यातनायुक्त घटना हो ‘बलात्कार’ । कुनै पनि समाजका लागि नयाँ भने होइन । पितृ सतात्मक सोचबाट निर्देशित समाज भएकै कारण बलात्कारका सन्दर्भमा हाम्रो समाजमा लामो समय पुरुष पक्षीय निर्णय भयो । यतिसम्म कि कुनै समय पुरुषद्वारा हुने बलात्कार छलफलको विषयसमेत बन्दैनथ्यो, सिधै महिलालाई अभियोग लगाइन्थ्यो । समाजको विकास हुँदैजाँदा चेतनास्तरमा आएको परिवर्तनसँगै बलात्कारका विषयमा छलफल मात्रै भएन, बलात्कारमा संलग्न पुरुष समाजबाटै दण्डित हुनथाले । पछि कानुनहरू निर्माण भए, घटनाका ’boutमा वैज्ञानिक अनुसन्धानका साथै पीडितलाई न्याय, उचित क्षतिपूर्तिका साथै बलात्कारमा संलग्नलाई कानुनबमोजिम सशक्त कारबाही हुनथाल्यो । हरेक राजनीतिक परिवर्तनमा महिलाहरूको सशक्त उपस्थिति हुनथाल्यो । नयाँ संविधान निर्माणसँगै नीति निर्माण तहदेखि स्थानीय सरकारमा समेत महिलाको प्रतिनिधित्व हस्तक्षेपकारी भूमिकामा देखिन थाल्यो । अहिले पनि भनिन्छ, नेपालको संविधान अन्य धेरै मुलुकको तुलनामा उदाहरणीय छ ।

संविधानजति नै उत्कृष्ठ भए पनि समाजमा रहेका हरेक वर्ग र समुदायको चेतनाको स्तर बढाउन सकिएन भने संविधानको कार्यान्वय हुँदैन । बैतडी र सप्तरीका घटनाबाटै बुझ्न सकिन्छ । यदि, पीडितले कानुनअनुसार पीडकका विरुद्ध उजुरी गर्ने हिम्मत मात्रै गरेका भए पनि २७ वर्षको उमेरमा एउटा युवा जन्मदर्ता गरिपाऊँ भन्दै अड्डा अदालत धाउनुपर्ने थिएन । दुःखका साथ भन्नुपर्छ, हिंसामा परेका महिलालाई न्याय दिने मामलामा अहिले पनि हाम्रा स्थानीय भद्रभलाद्मीको साथमा राजनीतिक दलका प्रतिनिधिले कञ्जुस्याइँ गरिरहेका छन् । यसैको प्रभाव मान्नुपर्छ, पछिल्लो सामाजिक सञ्जालमा एउटा भीड यति उद्दण्ड शैलीमा डुक्रन्छ । एउटा बलात्कारीको पक्षमा वकालत गर्दा त्यस समूहलाई पटक्कै ग्लानी हुँदैन । भीडको आवाज तत्काल चर्को सुनिए पनि जुनसुकै घटनामा अभियुक्तको संरक्षण गर्नेहरू एक दिन नांगिनुपर्छ । अभियुक्त मात्र होइन यस्ता घटनालाई लुकाउन षड्यन्त्र गरेर अन्याय गर्ने जोकोहीलाई पनि सजायबाट जोगाउनुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)