गौर हत्याकाण्डः उपेन्द्रलाई कारवाहीको माग गर्दै प्रदर्शन

गौर । गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँन आज रौतहटको सदरमुकाम गौरमा विशाल प्रदर्शन भएको छ । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली निकालेको हो ।

गाउँ–गाउँबाट हजारौंको संख्यामा आएका प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाईके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, मानव अधिकारको रक्षा गर, कानूनी शासन लागु गर’ जस्ता नाराहरु लगाएका छन् ।

गौरको विपि चौकबाट सुरु भएको र्याली गौर बजार परिक्रमा गरी समितिले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक रुपसागर देवीले आक्रोश व्यक्त गरेकी छन् ।

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।
उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए ।

त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए । त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।

यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ ।

गौर हत्या काण्ड भएको भोलि पल्ट नै तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए । घटनाको वास्वविक तथ्य पता लगाउँनका लागि नेपाल सरकारले तत्कालिन पुनराबेदन अदालतका न्यायाधिश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानविय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिद्धारा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापनपत्रमा संघर्षका बिभिन्न कार्यक्रम सहित साउन १५ गतेदेखी अनिश्चितकालिन रौतहट बन्दको घोषणा गरिएको छ ।

‘आज हामीले सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाएका छौं । साउन २ गते देखी १२ गतेसम्म पालिकाहरुमा गौर हत्याकाण्डको ’boutमा जानकारी र अन्तरक्रिया कार्यक्रम गर्ने, शहीद परिवार एवं पीडितहरुद्धारा धर्ना दिने, १४ गते मोटरसाईकल र्याली निकाल्ने र हाम्रो माग पुरा नभए पछि १५ गतेदेखी हामी अनिश्चितकालिन रौतहट बन्द गर्छौ’ संघर्ष समितिका संयोजक रुपसागर देवीले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने