२३ वर्षपछि ऐतिहासिक बाघजात्रा

पोखरा । पोखराको ऐतिहासिक बाघजात्रा सुरु भएको छ । २३ वर्षपछि निस्केको बाघजात्रामा अनेक भावभंगी देखिन्छ । कोही राजारानी, कोही प्रधानमन्त्री, कोही प्रधानसेनापति । मन्त्री, तिनका सुरक्षा गार्ड, यमराज, सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी तथा सर्वसाधारण ।

नालामुखका ४७ वर्षीय सुरेश खड्की बाघको भेषमा छन् । उनी गुरिल्लामाथि बरोबर आक्रमण प्रयास गर्छन् । शरीरभरि लहराको माला र लहराकै टोपी लगाएका १२ जना गुरिल्लाको मुखाकृति कोलोमोसोले चिनिँदैन ।

उनीहरू बाघको आक्रमणबाट बच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन् । नेवारी संस्कृतिमा प्रचलित अनेकखालका बाजाको धुनले बाघ लट्ठ पार्ने प्रयास गरिन्छ । यसैगरी, जात्रा अघि बढ्छ । जात्रा अघि बढ्दैजाँदा लाखे, कुमारी, तायमचाको रौनक त छँदै छ ।

‘जात्राको पनि जात्रा’ बाघजात्रा तीन दिनसम्म सहरका मुख्यमुख्य ठाउँमा देखाइने गरिएको छ । जात्रा अन्तिम दिन पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

२३ वर्षपछि निस्केको बाघजात्रामा अनेक भावभंगी देखिन्छ । कोही राजारानी, कोही प्रधानमन्त्री, कोही प्रधानसेनापति । मन्त्री, तिनका सुरक्षा गार्ड, यमराज, सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी तथा सर्वसाधारण

भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा बढी प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेको भन्दै पोखराका नेवार समुदायले जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति–२०८० नै गठन गरेका थिए । उनै जवहारलाल विगतको बाघजात्रामा पनि संयोजक थिए । लामो समयको तयारीपछि बाघजात्रा पुनर्जीवित गर्न सकेकामा उनी दंग छन् ।

नेवाः छेंबाट सुरु भएको बाघजात्रामा मोहरियाटोलका जितेस गुभाजु र शिवानी गुभाजु राजारानी बनेका थिए । भीमबहादुर शाही प्रधानमन्त्री र ऐनकुमारी शाही प्रधानसेनापतिजस्तो सजिएर घोडसवार गरेका थिए । बाघजात्रा हेर्नेको भीड थियो । कसैले बाघजात्रालाई मोबाइलमा कैद गर्नुका साथै सेल्फी लिइरहेका भेटिन्थे ।

‘बाघजात्रा निकाल्न सजिलो छैन । व्यवस्थापन गर्नै गाह्रो छ,’ समिति सचिव सुनिल उलकले भने । उनका अनुसार बाघजात्रा निकाल्न सबै जना गरेर करिब ३ सय जनाले भाग लिएका छन् ।

बाघजात्रा पोखरामा कहिलेदेखि सुरु भयो यकिन नभए पनि बाइसे चौबिसे राजाको पालादेखि सुरु भएको किंवदन्ती छ । बाघजात्रा आयोजक समिति संयोजक श्रेष्ठले बाघजात्रा पोखराको संस्कृति र चिनारी भएको बताए ।

बाघजात्रा समुद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । गत वर्ष पोखराका नेवार समुदायले ऐतिहासिक बाह्रभैरव नृत्य पनि देखाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी