संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपालबाट अपिल

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपत्कालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् । गाजामा भइरहेको मानवीय संकटलाई ध्यानमा राख्दै महासचिव गुटेरेसले युद्धविरामको अपिल गरेका हुन् ।

गाजामा आपत्कालीन मानवीय युद्धविराम जरुरी

भ्रमणको पहिलो दिन महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनका क्रममा गाजा क्षेत्रमा इजरायलले गरेको बम आक्रमणको निन्दा गर्दै तत्काल युद्धविराम गर्न अपिल गरेका हुन् ।

इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट बञ्चित भएको उल्लेख गर्दै त्यसलाई रोक्न तत्काल युद्धविराम गर्न अपिल गरेका हुन् । यसअघि महासचिव गुटेरेसले गाजाको विषयमा धारणा राख्दा इजरायलले उनलाई भिसा नदिने चेतावनी दिँदै राजीनामाको मागसमेत गरेको थियो ।

‘संसारसामु मानवीय प्रकोप भइरहेको स्पष्ट छ, अत्यधिक बम आक्रमणको सिकार भएर २० लाखभन्दा बढी मानिस असुरक्षित जीवन बिताइरहेका छन्,’ महासचिव गुटेरेसले भने, ‘कहीँ जाने सुरक्षित स्थान छैन, जिउनका लागि अत्यावश्यक चिजहरू खाना, पानी, आश्रय र चिकित्सकीय हेरचाहबाट बञ्चित भइरहेका छन्, म जिम्मेवार सबैलाई आफ्नो कदमबाट पछि हट्न आग्रह गर्दछु, आपत्कालीन मानवीय युद्धविरामका लागि मेरो अपिल दोहो¥याउन चाहन्छु ।’

उनले सबै बन्दीहरूको बिनासर्त रिहाइ गर्न पनि अनुरोध गरेका छन् । गाजाका जनताका आवश्यकताहरू पूरा गर्ने स्तरमा दिगो मानवीय राहत वितरणको व्यवस्था गर्न एवं गाजा, इजरायल र नेपाललगायत विश्वभरका प्रभावित मानिसहरूका लागि दुःस्वप्न बनेको यस युद्धको अन्त्य गर्न पनि महासचिव गुटेरेसले सम्बन्धित पक्षलाई आग्रह गरे । उनले मध्यपूर्वमा भएको संकट नेपालबाट हजारौं माइल टाढा भए पनि यसले नेपाली जनतालाई छोएको बताए । उनले ७ अक्टोबरमा हमासले गरेको डरलाग्दो आक्रमणको निन्दा गर्दै सर्वसाधारणमाथि भएको हत्या, घाइते र अपहरणको कुनै औचित्य नरहेको बताए ।

त्यस्तै, गुटेरेसले नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेकोमा प्रशंसा गरे । ‘नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम पनि प्रशंसनीय छन्,’ महासचिव गुटेरेसले भने । कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक संकट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताए ।

महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेकोे गम्भीर असरलाई आफैले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने पनि बताए ।

महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउँदा अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसलाका आधारमा पीडित, तिनका परिवार र समुदायमा शान्ति र न्यायको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए । महासचिव गुटेरेसले नेपालमा आफ्नो भ्रमणले राष्ट्रसंघ र नेपालबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे । महासचिव गुटेरेसले आफूले पोखरा र लुम्बिनीको भ्रमण गर्ने जनाउँदै भगवान् गौतम बुद्धले शान्तिका लागि दिएका उपदेश आजको अशान्त र समस्याग्रस्त विश्वका लागि सबैभन्दा धेरै उपयोगी साबित हुने बताए ।

महासचिव गुटेरेसले नेपालमा अन्तर्राष्ट्रिय सहयोग बढाउन पहल गर्ने विश्वास पनि दिलाए । ‘नेपाल विश्वको मित्र बनेको छ,’ महासचिव गुटेरेसले भने, ‘त्यसैले विश्वका सबै राष्ट्र अब नेपालको असल मित्र बन्नुपर्छ, आपसमा सहकार्य र सहयोगले त्यो सम्भव हुनसक्नेछ ।’

महासचिव गुटेरेसले इजरायल र प्यालेस्टाइनबीचको जारी युद्धका सन्दर्भमा कहिल्यै पनि नागरिकको हत्या, अपहरण र यातना दिने काम कुनै पनि हालतमा न्यायिक हुन नसक्ने स्पष्ट गर्दै गाजाको स्थिति झन खराब हुँदै गइरहेकामा दुःख व्यक्त गरे ।

महासचिव गुटेरेसले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगतायतसँग भेटवार्ता गरेका थिए ।

महासचिव गुटेरेससँगको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नेपाल नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणाम’bout गम्भीर भइदिन आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरे ।

नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग आइतबार शीतल निवासमा गरेको शिष्टाचार भेटमा उनले सो आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

शान्ति प्रक्रिया टुंगोमा पु-याउन सरकार तयार छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन आफू तयार रहेको महासचिव गुटेरेसलाई जानकारी गराए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा रहेको र सो विधेयकलाई छिट्टै संसद्बाट पास गर्ने तयारी भइरहेको बताए । ‘शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा हामीले ग¥यौं,’ भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘यस भ्रमणले राष्ट्रसंघसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौं ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग सिंहदरबारमा आइतबार भएको भेटवार्ताका क्रममा सभामुख घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउने जानकारी गराए ।

‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ,’ सभामुख घिमिरेले भने, ‘आशा छ, हामी निकट समयमै ऐन निर्माण गर्नेछौं ।’

शान्ति प्रक्रियाको बाँकी काम छिट्टै पूरा गर्छाैं : देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको बाँकी काम छिट्टै पूरा हुने प्रतिबद्धता जनाए । महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट छिट्टै पारित गराउने बताएका हुन् । त्यसैगरी, सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या’bout विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरे ।

प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न सकेन : ओली
महासचिव गुटेरेससँगको भेटमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया प्रधानमन्त्री दाहालकै कारण टुंगोमा नपुगेको गुनासो गरेका छन् । नेपालको संक्रमणकालीन न्याय टुंगोमा नपुगेको विषयमा महासचिव गुटेरेसले चासो राखेपछि एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंगोमा नपुग्नुको कारक प्रधानमन्त्री प्रचण्ड भएको बताएका छन् ।

माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मनाउने प्रधानमन्त्रीको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्रसंघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए । त्यसैगरी, ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पु¥याउने काममा सक्दो सहयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक: कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ