अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गराउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको चपेटामा परेपछि धनगढी उपमहानगरपालिकाले सो तालको अतिक्रण हटाउन अभियान थालेको छ ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ सडुवाबाबा र अन्टा तालबाट अतिक्रमण हटाउने कामको थालनी गरेको छ । उपमहानगरपालिकाले सडुवाबाबा तालमा निर्माण गरिएका ५६ पिल्लरसहितको भवन सुरुमै भत्काइएको थियो । शुक्रवार बाँकी क्षेत्रका पक्की तथा कच्ची घरसहितका संरचना खाली गरिएको छ । कित्ता नम्बर ४ को नौ दशमलव ५ धुर क्षेत्रफलमा रहेको पोखरीका भौतिक संरचनाहरु खाली गरिएको छ ।

धनगढी उपमहानगरले नगर क्षेत्रका ताल तथा पोखरीको तथ्यांक संकलन गरेर अतिक्रमण खाली गर्न अभियान थालेको छ । क्रमिक रुपमा ताल तथा पोखरीको अतिक्रमण खाली गर्ने धनगढीका नगर प्रमुख गोपाल हमालले बताए । उनले भने, ‘त्रिभूवन विश्वविद्यालयको पुर्नरभरन अध्ययनका लागि समूह आएको थियो । उहाँहरुले प्रतिवेदन बुझाउनुभएको छ । तालहरुको अतिक्रमण क्रमिक रुपमा खाली गर्दै जाने छौ ।’

धनगढीका सामुदायिक वनभित्रका प्राकृतिक ताल संरक्षित छन । बजार क्षेत्रका अधिकांश ताल अतिक्रमणमा परेका छन् । अतिक्रमणमा परेका तालहरुको संरक्षण र दीर्घकालीन प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले संरचना भत्काउन थालेको छ । नगर प्रमुख हमालले भने, ‘धनगढीका ८३ वटा तालको अध्ययन भएको छ । हामीले अंकित गरेका छौ । ताल ओगटेकाहरुले समयमा नै खाली गर्नुहोस । तालको जग्गा तपाइहरुको नाममा दर्ता हुँदैन ।

एक सय वर्ष बसेपनि खाली गर्नुपर्छ । क्रमिक रुपमा हामी सबै खाली गर्छाै ।’ धनगढी ७ मा मात्र सडुवाबाबा तालसहित, अन्टा ताल, मनिया ताल, लम्बा ताल, पोखरी, जाखौर ताल, सिरेगडैया ताल, चन्द्रमुखी ताल, दक्षिण गडैया ताल मुरफुत्ता तालसहित १० वटा ताल अतिक्रणमा परेको उपमहानगरपालिकाको तथ्याङ्क छ । वडा नम्बर ७ का सामुदायिक वन भित्रका बाहेक अन्य तालहरू अतिक्रमणको चपेटामा परेका छन् ।

ताल तथा पोखरीको अतिक्रमण खाली गर्ने र तालहरूको संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरभित्रका १९ वडा मध्ये वडा नम्बर ४ बाहेक अन्य वडाहरूमा कम्तीमा एक र बढीमा १२ तालसम्म रहेको विवरण तयार पारेर अतिक्रमण खाली गर्न थालिएको छ । वडा नम्बर १ को शिवनगरमा पाँच बिघा ७ कट्ठामा फैलिएको झागडा ताल छ । सो ताल पूरै अतिक्रमण गरिएको छ ।

वडा नम्बर २ मा रहेको तिल्के तालको संरक्षण गरिएको छ भने वडा नम्बर ३ मा गढैया ताल (क), गढैया ताल (ख) र नेतुवा तालसहित तीनवटा ताल छन् । वडा नम्बर ५ मा दुई पोखरी रहेकोमा दुबैमा अतिक्रमण गरिएको छ । लब्लीचोकको उत्तरमा रहेको ७५० वर्गमिटर क्षेत्रफल र हसनपुरको पुरानो बोरिङ नजिक ५ हजार ८५५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरी नक्सामा मात्रै सीमित छन् ।

त्यस्तै वडा नम्बर ६ मा नठुनिया ताल, कुइलही ताल, सुलखैया ताल, नजरिया ताल, लमही ताल, सानो नजरिया ताल, बुद्ध ताल डबरा ताल र दिदीबहिनी तालसहित ९ वटा ताल छन् । वडा नम्बर ८ मा बन्धवा र तौलाहा ताल छन् । बान्धवा ताल अतिक्रमण गरिएको छ भने तौलाहा तालको संरक्षण गरिएको छ । त्यस्तै, वडा नम्बर ९ मा चौफेरी र चन्द्रमुखी तालको पनि संरक्षण गरिएको छ ।

वडा नम्बर १० मा सबैभन्दा बढी १२ ताल छन् । सो वडाभित्रका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुति ताल, भगहर ताल, सनबोरा ताल, फुलनैया ताल, मटगहना ताल, नसिया ताल र मदेहर ताल पुरेर खेतीपाती गर्ने गरिएको छ । वडा नम्बर ११ मा बेला ताल, दुदैया ताल, बेलादेवीपुर धाम ताल र पोखरी तालसहित पाँचवटा ताल रहेका छन् ।

वडा नम्बर १२ मा ऋसैना ताल छ भने वडा नम्बर १३ मा मतकन्ना ताल रहेको उपमहानगरले जनाएको छ । वडा नम्बर १४ मा बक्तैहिया ताल, लामोहाल ताल, ममता ताल, राम लक्ष्मण ताल, शिव ताल र लाटोमरेको तालसहित ७ वटा ताल रहेको पाइएको छ । वडा नम्बर १५ मा भगहर ताल, चकैगढैया ताल, बढिगदैया ताल, करहिदबरा ताल रहेको पाइएको छ ।

वडा नम्बर १६ मा ८ वटा ताल रहेको फेला परेको छ । सो वडामा महादेवा ताल, सहदेव ताल, नौ ताल, जुगनिया ताल, घुरही ताल, दिपेन्द्र चारपाते ताल, पोखरी र वन तलैया ताल रहेको पाइएको छ । यसैगरी, वडा नम्बर १७ मा ४ वटा ताल रहेको फेला परेको छ ।

सो वडामा पथरी पोखरी, कुसुम ताल, पोखरी, सरौटा पोखरी रहेकोमा वडा नम्बर १८ मा नुकिल ताल, लाली गुँरास वन भित्रको ताल, तीन टुरपी ताल पतन्जलि ताल र श्रीकृष्ण ताल रहेको उपमहानगरले बताएको छ । यस्तै, उपमहानगरको वडा नम्बर १९ मा ६ ताल रहेका छन् । सो वडामा सौनहिया बड्का ताल, सौनहिया छोट्का ताल, छोरलहुवा गुलयारी ताल, मझरीया ताल, पुरैना ताल र छोरलहुवा ताल रहेको पाइएको छ । धनगढी उपमहानगरले तालहरुको खोजी गर्ने, अभिलेख तयार गर्ने र संरक्षण गर्ने नीति लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित