कृष्णबहादुर गन्धर्व पुरस्कृत

काठमाडौं । अग्रज गायक एवं वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई पुरस्कृत भएका छन् । काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई ५१ हजार राशी सहित ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८०’ बाट पुरस्कृत गरिएको छ ।

वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ गीतकार विश्व बल्लभ, गायक कन्हैया सिंह परियार, कार्यक्रम संयोजक कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल र टीका गोपाल डिजिटल एम क्रियसन प्रालिका अध्यक्ष गीता सिंहले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङले यो पुरस्कार स्थापना गरेका हुन् ,‘नेपालमा मुख्य गरेर सारँगी बादकको रुपमा कृष्णबहादुर गन्धर्वको अतुलनीय योजदान रहेको छ । रेडियो नेपालमा उहाँ लामो समयदेखि सारँगी बादक र गायकको रुपमा क्रियाशिल रहँदै आउनु भएको छ । उहाँको यही योगदानको उच्च मूल्याँकन गर्दै यसपटक उहाँलाई पुरस्कृत गरिएको हो ।’ कार्यक्रममा गायक सँगीतकार तथा पुरस्कार आयोजक कन्हैया सिंह परियारले भने ।

कार्यक्रममा पुरस्कार प्रदान गर्दै संगीतकार बासकोटाले भने,‘नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका संगीतकर्मी एवं अग्रज तथा वरिष्ठ सारंगी बाद्यबाधक कृष्णबहादुर गन्धर्वलाई यो पुरस्कार प्रदान गर्न पाउँदा मलाई पनि साह्रै खुसी लागेको छ । उहाँको योगदान साँच्चै प्रसँसनीय रहेको छ ।’

कार्यक्रममा साहित्यकार तुलसी दिवसले भने,‘कन्हैया सिंह परियार नेपाली गीतसंगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवं संगीतकारका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहनुभएकी गायिका हुनुहुन्छ । उहाँहरुले आफ्नो नाममा पुरस्कार स्थापना गरेर सेवा गर्नु अझ प्रसँसनीय कार्य हो ।’

आफुलाई यो पुरस्कार पाउँदा जीवनमा केही गरेको महसुस भएको संगीतकार तथा गायक कृष्णबहादुर गन्धर्वले बताए । पुरस्कारका सदस्य–सचिव चलचित्र निर्देशक माधवराज खरेलले पुरस्कृत व्यक्तित्वका ’boutमा जानकारी गराएका थिए । भने पुरस्कार’bout सन्तोष श्रेष्ठले बताए । कार्यक्रममा यसअघि यो पुरस्कारबाट वरिष्ठ लोकगायिका चन्द्रकला शाह र वरिष्ठ गीतकार विश्वबल्लभ नेपाली यो पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भइसकेको पनि जानकारी गराईयो ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित