घरायसी विवाद हुँदा आमाछोरा मिली श्रीमानको हत्या

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले श्रीमानको हत्या आरोपमा श्रीमती र छोरालाई नियन्त्रणमा लिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाइका ६० वर्षीय श्यामकुमार राईको हत्या उनकै श्रीमती र छोराले गरेको प्रारम्भिक बयानबाट खुल्न आएको छ ।

गत १६ गते बेपत्ता भएको राईलाई उनकै श्रीमती ४० वर्षीय निरकुमारी राई र छोरा सुरज राईले घरायसी सामान्य विवादमा घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

गत १६ मंसिर साँझ ५ बजेतिर घरायसी विवाद हुँदा श्रीमती निरकुमार राई र उनका छोरा सुरजको सहयोगमा श्यामकुमार राईको घाँटी थिचेर हत्या गरी मृतकको शव घरनजिकैको जंगलमा खाल्टो खनी पुरेर त्यसमाथि स्याउला राखेर छोपेको अवस्थामा भेटिएको थियो ।

हत्यामा संलग्न दुवै जना आमाछोरालाई जिल्ला अदालत उदयपुरबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । १६ गते बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा प्रहरीचौकी लालपत्ताका प्रहरी टोलीले जंगलमा लास फेला पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी