गोटेबर्ग फेस्टिबलमा छानियो गाउँ आएको बाटो

काठमाडौं । चलचित्र निर्देशक नविन सुब्बाको नयाँ चलचित्र गाउँ आएको बाटो १८ जेठबाट रिलिज हुँदैछ । चलचित्र गाउँ आएको बाटो यतिबेला युरोप (स्वीडेन)को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ । यो महोत्सब २६ जनवरीबाट ४ फेब्रुअरीसम्म चल्ने छ । चलचित्र गाउँ आएको बाटो यो महोत्सवमा युरोपको लागि प्रिमियर हुने पनि निर्देशक सुब्बाले जनाएका छन् । यसअघि यो फिल्म टोरन्टो फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभल तथा मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएर प्रदर्शन भैसकेको छ ।

यस अघि नुमाफुङ चलचित्र मार्फत थुप्रै अन्तराष्ट्रिय फिल्म हमोत्सबमा सहभागी भएर नविनले अवार्ड समेत जितेका थिए । आफ्नो यो चलचित्र पनि अन्तराष्ट्रिय महोत्सबमा छानिँदा आफुहरु निकै उत्साहित भएको पनि निर्देशक सुब्बाले बताए ।

यो चलिचत्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा आदिको अभिनय छ । राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्रमा एउटा दुर्गम गाँउमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा देखिएको उतार–चढावलाई प्रस्तुत गरिएको पनि निर्देशक सुब्बाले बताए ।

फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा रहेका छन् । नेपालमा यो फिल्म ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको सहकार्यमा तयार भएको हो । अमेरिकी छायाँकार मार्किन कापरोनको छायांकन रहेको फिल्ममा महेश राई र नविन सुब्बा स्वयंको पटकथा लेखन छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल