उत्पादनशील क्षेत्रमा जोड दिऔ : प्रमुख प्रशासकिय अधिकृत अचार्य

बारा । उत्पादनसिल क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बाराको करैयामाई गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत अनुष आचार्यले बताए । करैयामाईको १४ औ हिउँदे गाउँ सभामा बोल्दै उत्पादनसिलमा बजेट विनियोजन गरे त्यसको फल दिदा स्थानीय जनता हर्षित हुने उनले बताए ।

डल बनाउने, सिलाई कटाई, व्युटिसियन तालिम, प्लंबर तालिम, इलेक्ट्रिसियन तालिम लगायत सिपमुलक तालिममा बजेट विनियोजन गरे, बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन सकिने उनले बताए ।

देशमा बेरोजगारी बढ्दै गएकोले पालिकाले बजेट विनियोजन गर्दा सिपमुलक तालिममा जोड दिनुपर्ने प्रमुख प्रशासकिय अधिकृतले बताए । समाजका बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन सिपमुलक तालिम सञ्चालन गर्नुपर्ने आचार्यले बताए ।

ग्रामीण भेगमा स्थानीय अशिक्षित बढी हुने भएकोले सामुदायिक शिक्षा लागुपर्नेमा जोड दिए । प्रौढ शिक्षा लागु गरि बृद्ध बृद्धालाई शिक्षित गरियो भने समाज शिक्षित हुने उनले बताए ।

बालषोषणमा दुई जनाले मात्र पाउने नेपाल सरकारको प्रवधान हो जसले प्रत्येक वडाले पालना गर्ने निर्देशन दिए । घटना दर्ता ३५ दिन भित्र गराए निशुल्क त्यसपछि नेपाल सरकारले लगाएको राजस्व तिर्नुपर्ने उनले बताए ।

गाउपालिकाको सम्पूर्ण विधालयले व्यस्थित गर्न यथासिघ्र विधालय व्यवस्थापन समिति निर्माण गरिसक्नुपर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष सम्भु प्रसाद यादवले हिउँदे गाउँसभाबाट छुटफुट, परिमार्जन गर्ने बजेटलाई छलफलको माध्यमबाट पारित गर्ने बताएका छन् । संघ र प्रदेशबाट आएको बजेटलाई संसोधन गरि यथासिघ्र लागुगर्ने बताए । पालिकाको सम्पुर्ण जनप्रतिनिधि मिलेर जग्गा मिचेकोलाई छुट्याउनुपर्ने बताए । जनप्रतिनिधिले गाउँपालिकाबाट पाइने सेवा सुविधा दिइने आश्वासन गाउँपालिका अध्यक्ष यादवले बताए

गाउँपालिकको १४ औ हिउँद गाउँ सभामा गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव उपाध्यक्ष सुनैना चौधरी, वडाध्यक्ष सोनालाल साह, दिनेश चौधरी, परशुरम यादव, एकलाख बाबु, उमेश चौधरी, राजकुमार चौधरी, ब्रिज चौधरी, कार्यपालिका सदस्य सुरेन्द्र साह, वडासदस्य धिरेन्द्र यादव, चिन्ता चौधरी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सन्दीपको मुद्धा 'हेर्न नमिल्ने' मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा गठबन्धनका राजेश मानसिंहलाई १८१० मत, एमालेका सरावगीलाई ७७५