पानी नपरेपछि दैलेखमा पञ्च बली

दैलेख । यतिबेला हिमालमा हिउँ छैन । हिमाल पग्लेर जताततै कालापहाड देखिन्छन् । समयमा पानी नपर्दा किसानले लगाएको बाली खेतबारीमै सुक्न थालेको छ । बाली बारीमै सुक्न थालेपछि किसान चिन्तित छन् । हिउँदे बाली उत्पादनमा कमी आउँदा भोकमरीलाई कसरी सामना गर्ने भन्ने ’bout जिल्लाका कुनै पनि सरोकारवाला निकायसँग योजना छैन । विपद्मा स्थानीय सरकारसँग पनि योजना नहुँदा किसानको एउटै बाटो गाउँ खाली गरेर मुग्लान लाग्नुबाहेक अर्को विकल्प छैन ।

तर, दैलेखको महाबु गाउँपालिकामा भने पानी पार्नका लागि इन्द्र भगवान्लाई खुसी बनाउन पञ्चवली दिने चलन छ । खडेरीले बालीनाली सुक्न थालेपछि इन्द्रलाई खुसी बनाएर पानी पार्नका लागि दैलेख महाबु गाउँपालिका–५ काशीकाँधको पञ्चवली डाँडामा गाउँलेहरू भेला भई २९ पुस २०८० मा पञ्चवली दिएका थिए । तर, यो चलन भने नौलो होइन । खडेरी पर्दा धेरैपटक पञ्चवली दिँदा पानी परेको सोही गाउँपालिकाका राजेशबहादुर हमालले बताए ।

उनले भने, ‘पञ्चवलीमा राँगो, बोका, कुखुरा, माछा, सुँगुर वलि दिने चलन छ ।’ इन्द्रलाई खुसी बनाउन सेतो परेवा पनि उडाइएको थियो । इन्द्रलाई खुसी बनाउँदा पानी पर्छ भन्ने जनविश्वास वर्षाैंदेखि त्यहाँका स्थानीयमा रहँदै आएको छ । पञ्चवली डाँडामा मन्दिर छैन । सबै देवीदेवताका धामी र गाउँले भेला भएर पञ्चवली दिने गर्छन् ।

गाउँको सबैभन्दा अग्लो स्थानमा रहेकाले यो डाँडालाई पञ्चवलीको डाँडा भनेर नामकरण गरिएको छ । पञ्चवली दिनेबेला पुरोहित, पुजारी ईश्वर शाही, महाबैका धामी देवबहादुर शाही, भावसैनीका धामी, जगनाथका धामी राजु गिरीले देवता बोलाउँछन्, तब मात्र वलि चढाइन्छ । वलि चढाएका राँगा, बोका, कुखुरा र माछा आफूखुसी सबैले त्यहीँ बाँडेर खान्छन् । अन्य देवीदेवताको वर्षमा तीनपटक पूजाआजा गर्ने गरे पनि यो पञ्चवलीको तीन वर्षमा एकपटक मात्र पूजा गर्ने चलन छ ।

‘हामीले त्यहाँ दिने वलि पानी पार्नका लागि मात्र होइन, गाउँमा रोग, व्याधी, बिराम केही नआओस् भनेर पनि पुज्ने गर्छौं, पुर्खादेखिको परम्परा भएकाले यसलाई हामीले निरन्तरता दिएका हौं,’ भावसैनी देवताका धामी पुष्कर थापाले भने ।

२०७७ सालमा कोरोना कालमा पनि यस ठाउँमा वली दिइएको थियो । ‘कोरोना त सबैलाई लाग्यो, म पनि कोरोनापीडित भएँ, तर कसैको ज्यान गएन, वलि यही समयमा दिइन्छ भन्नेछैन, ३ वर्षको एकपटक जहिले पनि दिइन्छ,’ धामी थापाले भने, ‘कोरोनाका बेला वैशाखमा वलि दियौं, अहिले पुस महिनामा वलि चढायौं, यो भगवान् इन्द्र मात्र खुसी नभई गाउँका दाजुभाइ, इष्टमित्र सबैको भेटघाटको पर्वका रूपमा मनाउने गरेका छौं ।’

सोही गाउँपालिका–४ मा पनि महामारी वा संकटका बेला माईमष्टोको पूजाआजा गर्ने चलन छ । खडेरी, विपद्, संकट, भोकमरी महामारीले सताउन थालेपछि प्रत्येक घरधुरीबाट एक जना उपस्थित भएर माईमष्टोलाई बोका वली दिएर पूजाआजा गर्ने चलन छ । संकट, आपत्विपद्मा देवीदेवताको पूजाआजा गर्दा समस्या टर्ने जनविश्वास रहँदै आएको छ ।

‘केही महिनाअघि गाई, गोरु, बाख्रा, भैंसीमा खोरेत रोग देखियो, हामीले गाउँलेहरू भेला भई माईमष्टोका पूजाआजा ग¥यौं,’ एक स्थानीयले भने, ‘चौपायामा रोग देखिएन पनि, पशु चौपाया मरेको खबर भएन, कोराना कालमा पनि गाउँका कसैलाई केही भएन ।’

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार