गायिका खुसीको ‘खुसीका रङ्गहरू’ बिमोचित

काठमाडौं । गायिका खुसी थुलुङ्ग राईले आफ्नो नयाँ गीतिसँग्रह ‘खुसीका रङ्गहरू’ श्रोतामाझ ल्याएकी छिन् । काठमाडौँमा एक समारोहबीच उनको यो गीतिसँग्रहको पूर्व संस्कृतिमन्त्री सुदन किरातीले सोमबार विमोचन गरेका छन् ।

यो गीतिसँग्रहको गीत ‘प्रेमको अर्थ’को भिडियोलाई पनि पूर्व संस्कृति मन्त्री किरातीले कार्यक्रममा लोकार्पण गरे । कार्यक्रममा खुसीलाई शुभकामना दिँदै पूर्वमन्त्री किरातीले भने, ‘म गीतसङ्गीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीको स्वर मिठो भएकाले उहाँले गीतसङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ,’ उनले गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गरे ।

गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’, गायिका खुसीले भनिन् । उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित छन् । जस मध्य पहिलो गीत ‘प्रेमको अर्थ’को मात्र भिडियो सार्वजनिक गरिएको पनि खुसीले बताईन् ।

कार्यक्रममा भिडियो सार्वजनिक गरिएको गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिश गरेको बताइन । यो गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ ।

गीतको भिडियो’bout मोडल लिम्बुले कार्यक्रममा भने,‘गीत सुनेपछि यसको दृश्यलाई तयार गरिएको हो । गीतले एक जोडीको कथा पेस गरेको छ । जहाँ केटाले केटीलाई माया गरेता पनि केटीले स्वीकार्न सकेकी हुदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन् ।’ उनले गीत अनुसारको राम्रो भिडियो बनेको जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित