सर्पदंश उपचार केन्द्र स्थापना गर्छु : प्रधानमन्त्री दाहाल

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दुधौलीमा सर्पदंश उपचार केन्द्र स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार दुधौली नगर अस्पतालको उद्घाटन गर्दै प्रचण्डले दुधौलीमा नागरिकले हरेक वर्ष सर्पदंशबाट ज्यान गुमाउनु परेको नागरिक तथा दुधौली नगरपालिकाको मागको सम्बोधन गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन ।

प्रधानमन्त्री प्रचण्डले नवनिर्मित अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापन गर्ने समेत प्रतिवद्धता जनाएका छन । दशवर्षपछि दुधौली नगरपालिकामा औपचारिक कार्यक्रममा उपस्थित भएका प्रचण्डले जनताको मागप्रति सरकार गम्भिर रहेको बताए ।

उनले दुधौली नगरपालिकालाई विकासमा राज्यले गम्भिर ढंगले हेर्ने बताए । उनले मन्त्रालयहरुलाई बजेट सिलिङ दिने बेला भएकाले दुधौलीको दीर्घकालिन विकासका लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए । दुधौलीको कृषि उत्पादन, नदी नियन्त्रण, सिंचाई जस्ता समस्या समाधान गर्न सरकारको तर्फबाट सक्दो प्रयास गर्ने उनले बताएका छन ।

कृृषि क्षेत्रको प्रचुर सम्भावना रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने, रोजगारी सृजना गर्ने समेत बताए । उनले किसानले समयमा मल पाएको, विद्यार्थीले पाठ्यपुस्तक पाएको लगाएतका उपलब्धी सरकारले हासिल गरेको सो अवसरमा बताए ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको अर्थतन्त्र लयमा आएको समेत बताएका छन । पर्यटक बढेको, विदेशी मुद्राको सञ्चिति बढेको र रेमिट्यान्स बढेकाले विगतका वर्षहरुमा भन्दा अर्थतन्त्र सुधार हुदै गएको उनको दावी थियो । अर्थतन्त्रमा सुधार आएकाले जनता निराश हुन नपर्ने समेत उनको दावी रहेको छ ।

नगर अस्पताल निर्माणको लागत १५ करोड ९८ लाख ३६ लाख ४९३ रुपैंया लागत सम्झौता भएकोमा हालसम्म १५ करोड ७६ लाख ८३ हजार १२६ रुपैंया भुक्तानी भएको दुधौली नगरपालिका उपप्रमुख चन्द्रकिशोर थारुले बताएका छन । उनका अनुसार उक्त भवनको निर्माणको सम्झौता २०७८ असार १४ गते सम्झौता भएको थियो भने २०८० असार १५ गते निर्माण सम्पन्न भएको उनले बताए । भवन निर्माणका केहि कामहरु हुन बाँकी रहेको समेत उनले बताए । १५ शैयाको उक्त अस्पताल साढे २ तला, ८८ वटा कोठा सहितको बनेको छ । अस्पतालमा फायर फाईटिङ सिस्टम, एमपीएसी सिस्टम समेत जडान गरि निर्माण गरिएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका ३९६ स्थानीय तहका आधारभूत अस्पतालमध्ये निर्माण गरेको दुधौलीको नगर अस्पतालको प्रचण्डले शनिबार उद्घाटन गरेका हुन । प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीको ९ कठ्ठा ९ धुर जग्गामा उक्त अस्पताल निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी