ग्रहहरूको बक्रदृष्टि हाम्रो नियति हो ?

आज पुनः एकपटक इतिहासका पानाहरू पल्टाउने कोसिस गर्दै छु । गोपालवंश, महिषपाल्वंश, किराँतकाल वा लिच्छवीकाललाई नियाल्ने हो भने पनि नेपालको इतिहास अस्वाभाविक घटनाक्रम र षड्यन्त्रले भरिएको पाइन्छ । तर, धेरै पुरानो कुरा गरेर पाठकहरूलाई अलमलाइरहन पटक्कै चाहन्नँ । आधुनिक भनिने नेपालको अर्थात् शाहकालीन युग सुरुवात भएदेखिको केही इतिहासमा अंकित घटनाहरूको उल्लेख गर्न चाहन्छु ।

पृथ्वीनारायण शाहलाई नेपालको निर्माताका रूपमा मानिन्छ । वर्तमान नेपालको भूगोलका लागि पृथ्वीनारायण शाहलाई यथोचित जस दिन कञ्ज्युस्याइँ गर्नुहुँदैन । राज्य विस्तारको उनको व्यक्तिगत महत्वाकांक्षाले गर्दा नै भए पनि नेपालको आजको भौगोलिक सीमा बाँधिएको हो । मूलतः उनले गोर्खा राज्यको सैनिक बलद्वारा विस्तार गरेका हुन् । त्यसबेलाको परिप्रेक्ष्यलाई बुझ्दा यसलाई अस्वाभाविक मान्नुपर्ने कुनै कारण छैन । भूस्वामित्व नै शक्तिको परिचायक मानिने तत्कालीन परिवेशमा पृथ्वीनारायण शाहले बलपूर्वक राज्य विस्तार गरे त त्यसलाई अर्घेलो मान्न मिल्दैन । त्यसबेलाका सम्पूर्ण राजा रजौटा भूरेटाकुरे सबै यस्तै आकांक्षा राख्थे ।

स्वभावैले महत्वाकांक्षी पृथ्वीनारायण शाह कुनैबेला काठमाडौं उपत्यका’roundको चन्द्रागिरी वा त्यस्तै डाँडामा पुगे होलान् । डाँडाको टुप्पोमा उभिएर कचौरा आकारको उपत्यका देख्दा उनी निक्कै दंग परे ! लहलहाउँदो बाली भएको खेत र कञ्चन पानी बग्दै गरेका नौवटा नदीका धर्का ! झिंगटी छाना भएका घरहरू अनि कैयन् दरबारहरू । अनि असंख्य सुनौला गजुरयुक्त मन्दिरहरू ! झलमल्ल घाममा भक्तपुर दरबार क्षेत्रको सुनौलो ढोका चम्केको पनि देखे होलान् ! तिनका लागि यो दृश्य अनुपम थियो । एक गाग्री पानीसम्म पाइन पनि मुस्किल गोरखाको एउटा विकट डाँडामा घर भएका र आफ्ना ’round त्यस्तै गरिबीले ग्रस्त जनताको राजा भएका पृथ्वीनारायण शाहलाई उपत्यकाको सम्पन्नता र बैभवले चकमन्न नै पारेको हुनुपर्छ । अनि पलायो अनौठो आकांक्षा– यस्तो ठाउँको राजा बन्न पाए त !

उनको त्यस आकांक्षालाई अनौठो नमानौं । प्रत्येक मानिसमा उन्नति गर्ने र शिखरमा पुग्ने सपना हुन्छ । तर, उनको आकांक्षाको स्तरचाहिँ अस्वाभाविक थियो । खाकपतिले लाखपति बन्न खोज्नुलाई स्वाभाविक मानौं । तर, अनयासै अर्बपति बन्न खोज्छ भने त्यो अस्वाभाविक हो । काठमाडौं त्यसबेलाको परिप्रेक्ष्यमा उपत्यकाको अधिपति बन्ने सपना दोलखा वा मकवानपुरका शासकसम्मले बोकेका भए स्वाभाविक मान्नुपथ्र्यो कि ! म पृथ्वीनारायण शाहको सपना वा आकांक्षालाई नाजायज भन्दै छैन । पृथ्वीनारायण शाहको त्यस आकांक्षालाई अस्वाभाविक मात्रै भन्दै छु । एक जना महत्वाकांक्षी व्यक्तिलाई अस्वाभाविक आकांक्षा पलायो । त्यस्तो आकांक्षा सोझो बलले वा पुरुषार्थले पूरा हुनै सक्दैनथ्यो । अनि, सुरु भयो भक्तपुरका राजकुमारसँग मीत लगाउनेदेखि अनेकखाले प्रपञ्च र षड्यन्त्र ! प्रशंसकहरूले यसलाई कुशल कूटनीति र चातुर्य भन्दै महिमामण्डन गर्छन् भने तिनको स्वतन्त्रता !

अस्वाभाविकता र षड्यन्त्रबाटै सुरु भएको भएर हो कि शाहवंशको सम्पूर्ण कालखण्ड नै यस्तैयस्तै देखिन्छ । पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहका पालासम्म आइपुग्दा त अस्वाभाविक रूपमा रजगद्दीको उत्तराधिकारी नै फेरियो । एउटी सुन्दरी मैथिली ब्राह्मणी बालविधवाको प्रेममा बशिभूत भएर रणबहादुर शाहले आफ्ना जेठा छोरा युवराज रणोद्दत शाहको वंशकै अधिकार छिने । जेठा छोरा राजा हुनेक्रम नै भंग भयो । विद्यमान युवराजलाई पदच्यूत गरेर नवजात गीर्वाणयुद्ध वीरविक्रमलाई राजा बनाइयो ।

स्वाभाविकक्रम नराम्ररी मिचियो । रणबहादुर शाह र गीर्वाणयुद्धका पालामा भएको षड्यन्त्र र शक्ति हानथापको कथा दोहो¥याउन थाल्ने हो भने त निक्कै मोटो ग्रन्थ नै बन्छ । बहादुर शाहदेखि भीमसेन थापासम्मको उत्थान र पतन अनि पाँडे र थापा भारदारबीचको शक्ति संघर्ष त धेरथोर सबैलाई थाहा होला । राजगद्दी हत्याउने र राज्यशक्तिमाथि अधिकार जमाउनेक्रममै कैयन् स्वाभाविक हकदार मारिए वा बिलाए र अस्वाभाविक व्यक्तिहरू स्थापित भए । त्यस्तै, अस्वाभाविक व्यक्तित्व थिए जंगबहादुर कुँवर ! आजको परिप्रेक्ष्यमा भन्ने हो भने एउटा टोले डन शैलीको व्यक्ति नेपालको सर्वेसर्वा बने । अस्वाभाविकताभित्र षड्यन्त्रको त ठेली नै थियो ।

स्वभावैले महत्वाकांक्षी पृथ्वीनारायण शाह कुनैबेला काठमाडौं उपत्यका’roundको चन्द्रागिरी वा त्यस्तै डाँडामा पुगे होलान् । डाँडाको टुप्पोमा उभिएर कचौरा आकारको उपत्यका देख्दा उनी निक्कै दंग परे ! लहलहाउँदो बाली भएको खेत र कञ्चन पानी बग्दै गरेका नौवटा नदीका धर्का ! झिंगटी छाना भएका घरहरू अनि कैयन् दरबारहरू । अनि, असंख्य सुनौला गजुरयुक्त मन्दिरहरू ! झलमल्ल घाममा भक्तपुर दरबार क्षेत्रको सुनौलो ढोका चम्केको पनि देखे होलान् ! तिनका लागि यो दृश्य अनुपम थियो

राजगद्दी उत्तराधिकारीको मात्र कुरा गर्ने हो भने गीर्वाणयुद्ध पछिका राजेन्द्रदेखि पृथ्वी वीरविक्रमसम्मका त शक्तिहीन खोपाका देउता नै थिए । थोरै शक्ति प्रयोग गर्न खोज्ने युवराज त्रैलोक्यले त असमयमै मृत्युवरण गर्नुप¥यो । उनको मृत्यु कानको सेप्टिक भएर भएको भनिए पनि वास्तवमा ठुलै षड्यन्त्रको सिकार भएको भन्ने मत राख्ने इतिहासकारहरू छन् । अब एकैपटक आऊँ त्रिभुवनका नाति ज्ञानेन्द्र शाहतर्फ । १९ जेठ २०५८ रातको ९ बजेसम्म कसैले ज्ञानेन्द्र शाह यस मुलुकका राजा हुन्छन् भनेर थोरै सोचेका सम्म थिए ! उनी नितान्त अस्वाभाविक रूपमा राजा भएका थिए । त्यो तमाम घटनामा ठूलै षड् यन्त्र थियो भन्ने कुरामा त कुनै दुईमत नहोला । म ज्ञानेन्द्र शाहलाई षड्यन्त्रका सूत्रधार आदि इत्यादि भन्दै छैन । म फगत यति भन्दै छु– उनी अस्वाभाविक राजा थिए र त्यस काण्डमा षड्यन्त्र थियो ।

राजखलक र भारदारहरूभन्दा बाहिर आऊँ । २००७ सालको सफल क्रान्तिपछिको स्वाभाविक नेतृत्व कसको हातमा आउनुपर्ने थियो ? २००७ साले क्रान्तिका सर्वोच्च कमान्डर मातृकाप्रसाद कोइरालाको हातमा होइन ? तर, २००७ सालपछिको पहिलो संयुक्त सरकारको नेतृत्व अनौठो ढंगले मोहनशमशेरलाई सुम्पिइयो र कांग्रेसका तर्फबाट नेतृत्व पनि बीपी कोइरालालाई दिइयो । त्यो अस्वाभाविक नै थियो । त्यसपछि मात्र मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने । वास्तवमा कोइराला बन्धुबीचको मनोमालिन्यले नेपालको इतिहासले नलिनुपर्ने मोड लिएको छ । हेक्का रहोस्, म यहाँ बीपीको विरोध गर्दै छैन । म फगत अस्वाभाविकताका ’boutमा उल्लेख मात्र गर्दै छु । त्यसपछिका दिनमा त केआई सिंहजस्ता अत्यन्तै अस्वाभाविक व्यक्तिको समेत उदय भयो । १ पुस २०१७ को घटना पनि अस्वाभाविक नै थियो । अनि पञ्चायतकालमा त केके भयोभयो । पञ्चायती व्यवस्थाका एक प्रमुख कारक व्यक्तित्व विश्वबन्धु थापा थिएनन् र ? तर, उनी कहिल्यै प्रधानमन्त्री बनेनन् । अस्वाभाविक रूपमा कीर्तिनिधि बिष्ट, नगेन्द्रप्रसाद रिजाल र मरिचमान सिंहहरू उदाए ।

२०४६ सालको परिवर्तनपछिको कुरा गरौं । सफल जनआन्दोलनपश्चात् स्वाभाविक प्रधानमन्त्री बन्नुपर्ने चाहिँ गणेशमान सिंह हुनुहुन्थ्यो । अत्यन्तै नाटकीय ढंगले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो । अनि त्यसपछिको नेपाली कांग्रेसले जित हासिल गरेको निर्वाचनपछिको स्वाभाविक प्रधानमन्त्री को हुनुपथ्र्यो ? कृष्णप्रसाद भट्टराई होइन ? तर, बन्नुभयो गिरिजाप्रसाद कोइराला ! यी सब अत्यन्तै अस्वाभाविक घटना थिए । यहाँ पनि उल्लिखित सम्मानित व्यक्तित्वहरूलाई दोष दिँदै छैन । फगत अस्वाभाविकताको अनौठो परिपाटीका ’boutमा उल्लेख गर्दै छु ।

हालसम्म शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा पाँच कार्यकाललाई केलाउने हो भने कम्तीमा तीन कार्यकाल अस्वाभाविक देखिन्छ । सबैभन्दा पछिल्लो त विष्मयकारी रूपमा अस्वाभाविक थियो । हालका प्रधाननन्त्री पुष्पकमल दाहालको यतिबेलाको पदावधि स्वाभाविक हो ? २ सय ७५ सिट भएको संसद्मा ३२ सिट भएका नेता प्रधानमन्त्री ! उनको यसभन्दा अघिको पदावधि पनि स्वाभाविक थिएन । पहिलो कार्यकाललाई स्वाभाविक मानौं । तर, त्यो निर्वाचनको परिणामचाहिँ अस्वाभाविकै थियो ।

सायद अस्वाभाविक महत्वाकांक्षाबाट सुरु भएको भएर नेपालले सदासर्वदा अस्वाभाविक व्यक्ति र उल्टो वा बक्री चाल नै बेहोर्नुप¥यो । व्यक्ति र चाल बक्री भएपछि परिणाम सोझो आउने त सम्भावना नै रहेन । बक्री चाल र बक्री व्यक्तिले चुनौती पनि बक्री खालकै खप्नुपर्ने हुन्छ । त्यो अस्वाभाविकताबीचको स्वाभाविकता हो । आकाशीय पिण्ड अर्थात् ग्रह–उपग्रहहरूको एउटा स्वाभाविक चाल वा गति हुन्छ । यिनीहरू प्रायः सीधा आफ्नो मार्गमा हिँड्छन् । राहु र केतुको त चाल नै सधैं उल्टो अर्थात् बक्री नै हुन्छ ।

मंगल, शनी र बृहस्पतिजस्ता ग्रहहरू यदाकदा बक्री भइदिन्छन् । बक्री ग्रहहरू सामान्यतया बलवान् हुन्छन्, तर नकारात्मकता बढी प्रसार गर्ने हुन्छन् । त्यस्तो अवस्थामा षड्यन्त्रको बाहुल्यता हुने नै भयो । नेपाल राष्ट्रलाई शुभ ग्रहहरूको दृष्टि र प्रभाव कम अनि अशुभ एवं बक्री ग्रहहरूको प्रभाव र दृष्टि अलि बढी र निरन्तर नै परेको त होइन ? यसको निदान के ? केही निदान नै छैन कि ? ग्रहहरूको बक्रदृष्टि र प्रभाव हाम्रो नियति नै पो हो कि ?

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले