नगरपालिकाले ममाथि अन्याय गर्दैछ : लोसपा नेता ठाकुर

राजविराज । आफूले आफ्नो हकभोग र स्वामित्वको जग्गामा प्रक्रियागत तथा नियमपूर्वक बनाउन लागेको संरचना निर्माण कार्यलाई राजबिराज नगरपालिकाले जबरजस्ती अवरोध खडा गरी क्षति पुर्याउन थालेको एक राजनीतिकर्मीले गुनासो गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय उपाध्यक्ष समेत रहेका राजविराज निवासी जय प्रकाश ठाकुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेका हुन् ।

राजनीतिक आस्था र फरक दल भएकै कारण आफ्नो ’boutमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले संरचना निर्माणमा अवरोधको प्रयासका साथै आफू र आफ्नो परिवारका ’boutमा सामाजिक सञ्जालमा समेत भ्रम फैलाउने र प्रचारबाजी गरी चरित्र हत्यासम्मको प्रयास पनि गरेको भन्दै उनले पत्रकार सम्मेलनमा आपत्ति समेत जनाएका छन् ।

उनले राजविराज नगरपालिका साविक वडा नम्बर ३ हाल वडा ४ मा पत्नि संगीताको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गामा नयाँ संरचना बनाउन खोज्दा नगरपालिकाले अनावश्यक हस्तक्षेप गरी दुःख दिन थालेको बताए । उक्त जग्गाको नियमित रुपमा सालबसाली मालपोत बुझाउँदै आएका रसिद तथा अन्य प्रमाणहरू पत्रकार सम्मेलनमा पेश गरेका ठाकुरले नयाँ संरचना निर्माणका लागि आवश्यक पर्ने नक्सा पासका लागि नगरपालिकामा लाग्ने दस्तुर २ लाख ११ हजार ४ सय ५७ रुपैया २०७८ साल भदौ २१ गते नै बुझाइसक्दा पनि दःुख दिने नियतले हालसम्म नक्सा पास नगरी आर्थिक क्षति पु¥याउन खोजेको बताएका छन् ।

नगरपालिकाले शुल्क बुझेको २५ महिनाभन्दा बढी भो, तर हालसम्म विभिन्न बहानामा नक्सा पास गरिदिएको छैन, उनले भने–उल्टै काम रोक्नु भन्दै चेतावनी सहितको पत्र काटेर हाम्रो परिवारलाई मानसिक यातना र आर्थिक क्षति पु¥याउने काम नगरपालिकाले गरिरहेको छ ।

भवन निर्माणका लागि निवेदन पेश गरेको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुरा गरी अनुमति दिनुपर्ने व्यवस्था भएपनि २५ महिना बित्दा समेत अनुमति नदिनु र त्यसको जायज कारण पनि नखोल्नु नियम कानुनको धज्जी उडाए जस्तै भएको ठाकुरको भनाइ छ ।

उनले यस अघि २०७३ सालमा उक्त जग्गा संरक्षणका लागि चारैतिरबाट पर्खाल निर्माण गर्ने क्रममा नगरपालिकाले रोक्का गरी अमिन रामनारायण ठाकुरलाई खटाएको र उनले अरु कसैको कुनै जग्गा नमिचेको भनी प्रतिवेदन बुझाउँदा पर्खाल निर्माण कार्य सम्पन्न भएको जानकारी गराउँदै हाल सोही पर्खालको घेराभित्र नयाँ संरचना बनाउन खोज्दा कहिले पत्र काटेर, त कहिले प्रहरी पठाएर रोकाउँछु भन्दै धम्की दिनु अचम्मको कुरा भएको बताए ।

२५ महिना अघि नै नक्सा पास प्रयोजनका लागि रसिद नं. ७१ बाट २ लाख ११ हजार ४ सय ५७ रुपैयाँ तथा धरौटी बापत रसिद नं. ४ बाट १ लाख ४ हजार ४ सय ४९ रुँपैया बुझिसकेको नगरपालिकाले हालसम्म अनुमति नदिनु तथा उल्टै चेतावनी सहितको पत्र काटेर मानसिक यातना तथा परियोजनामा क्षति पु¥याएको भन्दै उनले आपत्ति सहित नगरपालिकामा पेश गरेको लिखित जवाफमा उल्लेख समेत गरेका छन् ।

कानुनी प्रक्रियालाई टेकेर तथा आफ्नो अभिलेख हेरेर मात्र अभिव्यक्ति दिन तथा पत्र काट्न नगरपालिकाका जिम्मेवार अधिकारीलाई सुझाव दिएका उनले यसरी नै दुःख दिने कामले निरन्तरता पाए आफू कानुनी उपचारमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

पत्रकार सम्मेलनमा उपस्थित रहेका राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव र लोसपा सप्तरीका अध्यक्ष सुनिल कुमार झाले समेत ठाकुरद्वारा आफ्नो निजी जग्गामा नियमपूर्वक संरचना निर्माण कार्य थालिएको भन्दै नगरपालिकाले त्यसमा हस्तक्षेप गर्नुको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।

यता सो’bout नगरपालिकाका कार्यवाहक नगरप्रमुख परविनसँग जिज्ञासा राख्न खोज्दा उनको मोबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङसँग सम्पर्क गर्दा उनले आफू जिम्मेवारी सम्हालेको ६ महिना मात्र भएको बताउँदै ठाकुरले त्यसअघि नै नक्सा पास बापतको शुल्क बुझाइसकेपछि ३५ दिन भित्र स्थलगत निरीक्षण गरी नक्सा पास स्वीकृत वा अस्वीकृतको काम गरिसक्नुपर्ने प्रावधान रहेको बताए । यदि सो प्रक्रिया गरेको भए ठाकुरले संरचना निर्माणको काम सुरु गर्न पाउने÷नपाउने विषय त्यतिबेलै टुङ्गो लागि सक्ने थियो, उनले भने–यदि ठाकुरले अनाधिकृत रुपमा पर्खाल निर्माण गर्न खोजेको थियो भने किन त्यतिबेला रोकिएन । उनले नक्सा पास शुल्क वापत ठाकुरले बुझाएको रकम किन फिर्ता गरिएन भन्ने विषय ’bout आफूले बुझ्न नसकेको उनको प्रतिक्रिया समेत दिएका छन् ।

पछिल्लो पटक वडा कार्यालयको सिफारिस तथा कार्यवाहक प्रमुखको आदेशमा ठाकुरद्वारा भइरहेको संरचना निर्माण कार्यको काम रोकिएको र यस’bout आफूले अध्ययन गरी मात्र थप कुरा बताउन सकिने उनले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित सुनिश्चित भएपछि बालेनले भने : हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ