सुन्दरहरैचाबाट लागुऔषध गाँजासहित ४ जना पक्राउ

बिराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ बर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ बर्षीय दुर्गा प्रसाद फुयाललाई पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सँगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि