कालीकोटका विद्यालयमा खानेपानी र लैगिंक मैत्री शौचालय

कालिकोट । शौचालय नहुदा पढाई छाडेकी सान्नीत्रिवेणी ४ उजेलगाउकी सुनिता तिरुवा विद्यालयमा छात्राका लागि छुट्टै नयाँ शौचालय बनेपछि नियमित जान थालेकी छन् । शौचालयकै अभावले प्रत्येक महिना महिनाबारी भएको ५ दिनसम्म छात्राहरुको पढाई छुट्ने गरेको थियो । उनी कक्षा ८ की छात्रा हुन् ।

विद्यालयमा प्याड फेर्ने ठाउ पनि थिएन । विद्यालयमा अनियमित हुनेको कारण सुनाउदै तिरुवाले भनिन् महिनाबारी भएको बेला स्कूलल नै जादैन थिए, अचेल त नियमित जाने गर्छु । ५ दिन विद्यालय नजादा पढाई छुटेर पढाएको पनि नबुझिने समस्या रहेको सुनाउदै तिरुवाले विद्यालयमा छात्रा र छात्रका लागि अलग अलग शौचालय बनेपछि साहै सहज भएको प्रतिक्रिया दिइन् । Ôपहिले त छुुइ (महिनाबारी) भएको बेला प्याड फेर्ने त टाढाको कुरा थियो । उनले थपिन् दिसा पिसाव लागे पनि खोल्सातिर कुद्नु पथ्र्यो । उनले शौचालय नहुदा छात्रालाई बढी समस्या हुने गरेको सुनाइन् ।

मालिका आविमा पढ्ने सुनिता जस्तै छाउ (महिनाबारी) भएको बेला कक्षा ६ देखि ८ सम्मका अधिकांश छात्राहरु विद्यालय नियमित नहुने समस्या रहेको प्रधानाध्यापक शान्तिदेवी शाहले बताइन् । विद्यालयमा यसअघि २ सय ५४ विद्यार्थीका लागि एउटै मात्र जीर्ण शौचालय हुदा समस्या हुने गरेको सुनाउदै प्रअ शाहले नया शौचालय बनेपछि शिक्षक विद्यार्थी सबैलाई सहज भएको सुनाइन् ।

मालिका आविमा महिनाबारी हुने उमेर समुहका १ सय ५० छात्रालाई नया शौचालय बनेपछि निकै सहज भएको छ । उनकाअनुसार महिनाबारी भउको बेलाआराम गर्ने अलग्गै महिनाबारी आराम कक्षाको ब्यवस्था पनि भएको छ ।

प्लानको सहयोगमा किर्डाक नेपालले विद्यालयमा खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी संरचना बनेपछि केटाकेटीका लागि छुुट्टै शौचालय र खानेपानी बनेपछि नियमित आउछु । कक्षा ७ की छात्रा सुप्रिया शाहीले भनिन् ‘चर्पी र पानी नहुदा आपतै पथ्र्यो ।’ उनले थपिन् पखालाले पेट चलेको र छुई भएको बेला घरै बस्थ्यौ ।

उनको विद्यालयमा पानी पनि खान नपाइने अवस्थाको अचेल अन्त्य भएको छ । अचेल विद्यालयमा खानेपानीसहित छात्र, छात्रा र अपांगता भएका विद्यार्थीका लागि छुट्टै शौचालय बनेपछि निकै सहज भएको विब्यस अध्यक्ष अरुण शाहीले बताए । विद्यालयमा ब्यवस्थित चर्पी, खानेपानी नहुदा विद्यालय आउनै नमान्ने बालबालिका अचेल रमाउदै विद्यालय आउन थालेको अभिभावक करुणनाथ योगीले बताए ।

हाल विद्यालयमा खानेपानीसहित छुट्टै हातधुने र सरसफाइ गर्ने धारा र शौचालय बनेपछि विद्यार्थीको नियमितता बढेको छ । पहिले विद्यालय नआउने विद्यार्थी पनि आउन थाले । सरसफाई फोकल शिक्षक स्मृति शाहीले भनिन् । नया शौचालय र खानेपानी धाराले विद्यार्थी नियमित भए । ३० वर्षअघि स्थापना भएको यहाको विद्यालयमा २ सय ५४ विद्यार्थी छन् । अधिकांश दलित समुदायका बालबालिका यहीको विद्यालयमा पढ्छन् ।

त्यस्तै, भोगाई पंंचदेवल मावि मेहलमुडी कक्षा १० की छात्रा सुमन संंज्यालको पनि छ । १२ कक्षासम्म पढाई हुने उनको विद्यालयमा खानेपानी र शौचालय ब्यवस्थित नहुदा छात्राले निकै समस्या झेल्नुपर्ने बाध्यता थियो । विद्यालयको वरिपरि जताततै दिसा र फोहरले बसिसक्नु थिएन । उनले भनिन् अब त खानेपानीसहित चिटिक्कका शौचालय बने, सजिलो भयो । उनले महिनाबारीको पिरियडमा सधै विद्यालय छुट्ने गरेकोमा हाल नियमित हुन थालेको बताइन् ।

६४ वर्ष पहिले स्थापना भएको पंचदेवल मावि यस क्षेत्रकै पुरानो विद्यालय हो । विद्यालयमा हालै निर्माण सम्पन्न भएको नया शौचालय, खानेपानी र महिनाबारी कक्षले बालिकालाई सहज बनाएको सरसफार्ई फोकल शिक्षक उदयराज शाहीले बताए । विद्यालयमा शौचालय नहुदा कोही विद्यार्थी दिउसै भागेर जाने गर्थे । उनले भने महिनाबारी भए बेला त विद्यालय नै नआउने समयस्या थियो ।

अचेल नयाँ शौचालय र खानेपानी बनेपछि विद्यार्थी भागेर दिउसै घर जाने र आउदै नआउने अवस्थाको अवस्थाको अन्त्य भएको प्रधाानध्यापक जयाकुमारी देवकोटाले बताइन् । उनले शौचालयको सरसफाई, खानेपानी र साबुनको ब्यवस्था विद्यालयले गर्न थालेको जानकारी दिइन् ।

सान्नीत्रिवेणीका मालिका र पंचदेवलमा मात्र होइन । खानेपानी र सरसफाईको कमी भएको दलित समुदायको बडरुख आधारभूत विद्यालय गैरीगाउ, अम्बिकादेवी आवि लुसा, मष्टो सरस्वती मावि बुठिंगे र नरहरिनाथको मंगलासैनी मावि लालुमा खानेपानी धारा, हातधुने बालमैत्री धारा, छात्राछात्रा र अपांगता मैत्री ३ कोठे शौचालय निर्माण भएका छन् । नया शौचालय र खानेपानी धाराले बालिका नियमित हुन थालेको स्रोत ब्ययक्ति धर्मवहादुर शाहीले बताए ।

त्यस्तै, सान्नत्रिवेणीका शान्ति आवि, जनज्योति मावि, शंकर मावि, डाफे मावि, नरहरिनाथको नन्दादेवी मावि, जनप्रभात मावि, शान्ति मावि, रुपादेवी आविलगायतका २३ वटा विद्यालयलमा प्लान इन्टरनेशनलको सहयोगमा लैगिक तथा अपांंग मैत्री शोचालय, हात धुने धारा निर्माण भएका छन् । दिगोपनामा ध्यान नदिदा दुईतीन वर्ष पहिले निर्माण भएका अधिकांश विद्यालयका शौचालय प्रयोग विहीन बनेको नागरिक समाजका अगुवा रामप्यारी विश्वकर्माले बताइन् ।

यसवर्ष मात्र शान्नित्रिवेणीका ५ र नरहरिनाथको १ गरी ६ वटा विद्यालयमा प्लानले किर्डाक नेपालमार्फत प्रति विद्यालयमा १९ लाख देखि २७ लाख रुपैयाका लागतमा छात्राछात्रा र अपांगता भएका ब्यक्तिका लागि छुट्टै शौचालय र खानेपानी निर्माण गरेको गाउपालिकाका शिक्षा शाखा प्रमुख मोहनवीर धामीले बताए । उनकाअनुसार शान्नित्रिवेणीका गाउँपालिकाको ५ वटा विद्यालयका करिब १ हजार ४ सय बालबालिकालाई खानेपानी र सरसफाईको सुविधा पुगेको छ ।

नयाँ निर्माण भएका शोचालय, खानेपानी तथा महिनाबारी स्वच्छता कक्ष नरहरिनाथ र शान्नित्रिवेणीका ६ वटै विद्यालय गाउपालिकामार्फत विद्यालयलाई हस्तान्त्रण गरिएको छ । नरहरिनाथ गाउपालिका उपाध्यक्ष कमलकुमार शाह, सान्नी त्रिवेणीका अध्यक्ष मोहनवहादुर केसी, उपाध्यक्ष पार्वती सिंह, सम्बन्धित वडाका वडाध्यक्षसहितले विद्यालयको अनुगमन गरेर विद्यालय परिवारलाई नया संरचना हस्तान्त्रण गरेका थिए । गाउपालिकाले उपाध्यक्ष बालिका संरक्षण कार्यक्रममार्फत यहाका ६ वटा माविमा सेनिटरी प्याड ब्यवस्थापनका लागि भेन्डिंग मेसिन पनि सहयोग गरेको सरसफाई सहजकर्ता राधिका संज्यालले बताइन् । उनकाअनुसार भेन्डिंग मेसिन प्रयागमा भने छैनन् ।

गाउँपालिकाको समन्वयमा प्लान इन्टरनेशनलले गरेको सर्वेक्षणअनुसार विद्यालयमा छात्रछात्राका लागि छुट्टै शौचालय नहुदा ८० प्र्रतिशत बालिका अनियमित हुने गरेका थिए । सर्वेक्षणमा सहभागी २ सय ४५ बालबालिका मध्ये ५० प्रतिशतले पिउनेपानीको अभाव रहेको, १७ प्रतशत विद्यार्थीलाई झाडापखाला हुने, ७ प्रतिशत रुगाखोकीले विरामी पर्ने, ९२ प्रतिशतलाई शौचालय प्रयोग सम्बन्धी आधारभूत जानकारी नभएको पाइएको थियो ।

एक वर्षअघि गरिएको सर्वेक्षणमा कहाली लाग्दो अवस्था देखियो । अध्ययनमा संलग्न दिक्षा भाटले भनिन् खानेपानी र शौचालय नहुदा विद्यालय नै छाड्ने गरेको पाइयो । यहाका विद्यालयको दयनीय अवस्था देखिएपछि जापानमा बस्ने २३ जना जापानी नागरिकले आफ्नो खर्च कटाएर संकलन गरेको करिब रु. २ करोड बजेटले लैगिंक मैत्री शौचालय, खानेपानी, हातधुने धारा, महिनाबारी कक्ष, महिनावारी स्वच्छाता सम्बन्धी क्षमता अभिबृद्धि तालिमलगायतका कार्यक्रम संचालन गरिएको एमएचएम वास परियोजना संयोजक ओमप्रकाश थापाले बताए ।

खानेपानी र शौचालयको अभावमा विद्यालयमा विद्यार्थी टिकाउन कठिन भएको अवस्थामा नया शौचालय खानेपानी धारासहितका चिटिक्कका शौचालय, बालमैत्री धाराले विद्यालयको बाह्य वातावरण निकै राम्रो बनेको सान्नीत्रिवेणी गाउपवपालिका अध्यक्ष मोहनवहादुर केसीले बताए । उनले बनेका ५ वटै विद्यालयका नयाँ शौचालय, खानेपानी धाराको सरक्षण गर्न गाउपालिकाले वर्षेनी ५ देखि १० प्रतिशत मर्मत सम्भार कोषको स्थापना गर्ने प्रतिवद्धता गरे ।

गाउँपालिकाको योजनामा लाप्रवाही गरेर गतिलो काम गर्ने प्रबृत्ति रहे पनि संस्थाले लगानी गरेको कार्यक्रमबाट नमूना भौतिक संरचना बनेको उपाध्यक्ष पार्वती सिंहले बताइन् । छात्रा र छात्रका लागि छुट्टै निर्माण भएपछि किशोरी निकै खुशी छन् । उनले भनिन् बनेका संरचना दिगो बनाउन गाउपालिकाले ५ वर्षसम्म हाल बनेका विद्यालयमा नया शौचालय नदिने नीति बनाइएको छ । उनकाअनुसार सान्नीत्रिवेणीका २९ मध्ये आधाभन्दा बढी विद्यालयमा अझै खानेपानी र शौचालयको सुविधा छैन ।

शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटबाट प्राप्त तथ्यांकअनुसार जिल्लाका ९ वटै स्थानीय तहका ३ सय विद्यालय मध्ये एक सय विद्यालयमा मात्र खानेपानी र सरसफाईको पहुच पुगेको छ भने अन्यमा समस्या छ । विद्यालयमा वर्षेनी खानेपानीका योजना संचालन भए पनि दिगोपनामा समस्या छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव: प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा