सुदूरपश्चिममा एकै दिन ३७ जनामा कोरोना संक्रमण

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा सोमबार मात्रै ३७ जना कोरोना पोजेटिभ देखिएको छ । कोरोना प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा सोमबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कञ्चनुपरका १९ जना, दार्चुलाका १० जना, कैलालीका १ जना र डडेल्धुराका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेले बताएका छन् । कञ्चनपुर जिल्लामा भिमदत्त नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका १३ जना र शुक्लाफाँटा नगरपालिकाका १ जना रहेका छन् ।

यस्तै जानकी गाउँपालिका कैलालीका १ जना, दार्चुला जिल्लाका लेकम गाउपालिका १, महाकाली गाउपालिका १ र शैल्य शिखर गाउँपालिकाका ८ जना रहेका छन् भने डडेल्धुरा जिल्लाका अमरगढी नगरपालिका २ जना, परशुराम नगरपालिका जोगबुडाका ३ जना र नवदुर्गा गाउँपालिकाका २ जनागरी सुदुरपश्चिममा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र जसमा डडेल्धुरा जिल्लाका ७ जना रहेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १ का १ जना र वडा नं. ५ का १ जना, नवदुर्गा गाउँपालिकाको वडा नं.२ का १ जना, वडा नं. ४ का १ जना र परशुराम नगरपालिका अन्र्तगत वडा नं. ६ का १ जना, वडा नं. ७ का १ जना र वडा नं. १२ का १ जना रहेको डडेल्धुरा जिल्लाका लागि कोभिड १९ सम्पर्क व्यक्ति एवं भेक्ट्रोल कन्ट्रोल सुपरभाईजर हरि प्रसाद भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने