पिटरलाई ‘पाल्मे डी ओर’ पुरस्कार

फ्रान्स । विश्वकै चलचित्रकर्मीहरूको लागि प्रतिष्ठित मानिएको ‘७९ औँ कान्स फिल्म फेस्टिभल २०२६’ मंगलबार साँझबाट फ्रान्सको कान्स सहरमा सुरु भएको छ । जहाँ अहिले विश्व भरका चलचित्रकर्मीहरू जमघट भएका छन् । स्थानीय समय अनुसार मंगलबार बेलुकाबाट रेड कार्पेटमा सेलिब्रेटीको क्याट वाकसँगै महोत्सव सुरु भएको हो ।

महोत्सवमा यस पटक हलिउडका सेलीब्रेटीहरूको उपस्थित विगतको तुलनामा केही फितलो रह्यो । इराकसँग अमेरिकाको युद्ध तथा हलिउडका विभिन्न चलचित्र निर्माण स्टुडियोको बिक्री एवम् समायोजनले हलिउड चलचित्र उद्योग यति बेला संकटमा रहेको छ । सोही कारण पनि विगतमा जस्तो धेरै संख्यामा हलिउड स्टारहरू यस पटक महोत्सवमा सहभागी हुन नसकेका हुन् ।

तथापि फेस्टिभलको उद्घाटन समारोहमा हलिउडबाट डेमी मूर, एलिजाह वुड, जेन फोंडा, हलिउड चिनियाँ स्टार गोंग ली, अभिनेता आई ज्याक डे बानकोल र जेम्स फ्रान्कोको उपस्थितिले महोत्सवको रौनकता बढायो । संसार भरका चलचित्रकर्मीहरूको उपस्थित राम्रो रहेको छ । यस्तै यो अन्तर्राष्ट्रिय महोत्सवमा अभिनेत्री आलिया भट्टदेखि बलिउडका विभिन्न कलाकारहरूको पनि सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन समारोह भव्य भएको छ । उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मुखर आलोचक र लामो समयदेखि युद्ध विरोधी र महिला अधिकार अभियानकर्ता फोन्डेल उडाइलाईले सम्बोधन गरिन् । उनले अहिले चलेको युद्धलाई प्रतिरोध गर्ने विषयमा चलचित्रहरू निर्माणको लागि गर्न आग्रह गरिन् ।

महोत्सवकै प्रतिष्ठित मानिएको पुरस्कार ‘पाल्मे डी’ओर’बाट यस पटक ७९ औँ कान्स फिल्म फेस्टिभलको उद्घाटन समारोहमा ‘लर्ड अफ द रिङ्स’ निर्माता–निर्देशक पिटर ज्याक्सनलाई पुरस्कृत गरियो । यो पुरस्कार उनलाई ‘लर्ड अफ द रिङ्स’ अभिनेता एलिजाह वुडलगायतले प्रदान गरे ।

पुरस्कार ग्रहण गरेपछि निर्देशक पिटर ज्याक्सनले भने, ‘म पाल्मे डी’ओर जित्ने व्यक्ति त होइन । यो साँच्चै जादु भएको जस्तो लागिरहेको छ, किनकि म पाल्मे डी’ओर जस्तो विश्व प्रसिद्ध पुरस्कार जित्ने चलचित्र बनाउने निर्देशक हैन जस्तो मलाई लाग्छ ।’

पिटरले २००१को कान्स फिल्म फेस्टिभलमा ‘द फेलोसिप अफ द रिङ’को २० मिनेटको भिडियो प्रदर्शन गरेको स्मरण पनि सुनाए । यसले त्यति बेला चलचित्रप्रति मानिसहरूको धारणा परिवर्तन गरेको पनि जनाए । यो चलचित्रको कान्स फिल्म फेस्टिभलमा सहभागिताले त्यति बेला आफ्नो चलचित्र सर्वाधिक सफल भएको उनले बताए । यो चलचित्रको दुई सिक्वेन्सले त्यति बेला १७ वटा ओस्कार अवार्ड समेत जितेको स्मरण उनले सुनाए ।

अझै १० दिनसम्म चल्ने यो महोत्सवमा दैनिक विभिन्न थिएटरहरूमा प्रतिस्पर्धाका चलचित्र प्रदर्शनहरू, अतिथि चलचित्र प्रदर्शन, चलचित्र व्यापार’bout बहस, विभिन्न कार्यशाला, मास्टर क्लास जस्ता धेरै कार्यक्रमहरू जारी रहने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्बासीले लालपुर्जा नपाउन्जेल मासिक १५ हजार भाडा दिने सरकारको तयारी