मुम्बई । चलचित्र ‘हेरा फेरी ३’ को विवाद वेलैमा नसकिएको कारण यो चलचित्रको अझै छायांकन सुरु हुन सकेको छैन । यो चलचित्रको तीन मध्य एक मुख्य कलाकार परेश रावल हुन् । उनी यो चलचित्रमा जोडिएको भन्दै छायांकन गर्ने तयारी चल्दै थियो । फेरी उनी यो चलचित्रबाट अलग भएको समाचार आएको छ ।
सुरुमा समयको अभाव देखाउँदै परेश रावलले चलचित्रमा नरहने भनेपछि ‘हेरा फेरी ३’को निर्माण पक्ष र परेशबिच विवाद चलेको थियो । चलचित्रको अग्रिम पारिश्रमिक लिएर छायांकनको लागि समय नदिएको भन्दै उनी विरुद्ध अजय कुमारको प्रोडक्सन कम्पनीले मुद्दा समेत हालेको थियो ।
परेश रावलले अब यो चलचित्रमा काम नगर्ने भन्दै चलचित्र छोड्ने निर्णय गरेको समाचार अहिले फेरी बाहिर आएको छ । अभिनेता परेशको यो भनाई आएपछि ‘हेरा फेरी ३’ निर्देशक प्रियदर्शनले आफ्नो मौनता तोड्दै परेश रावलको ’boutमा प्रतिक्रिया दिएका छन् । रिपोर्टका अनुसार परेश रावलले चलचित्र नखेल्ने बताएको र निर्माण पक्षसँग लिएको पारिश्रमिकको १५ ब्याजसहित फिर्ता गर्ने बचन दिएको निर्देशक प्रिय दर्शनले बताएका छन् । उनलाई अक्षय कुमारको कम्पनीबाट मुद्दा दायर गरिएकै कारण परेश रावलको मन दुखेको पनि यी निर्देशकको कथन छ । अब उनले पूर्ण रूपमा चलचित्र छाड्नेकी काम गर्ने भन्ने टुंगो भएपछि मात्र आफूहरू छायांकनमा जाने पनि उनले बताए ।
‘हेरा फेरी’मा बाबु राव गणपत राव आप्टेको चरित्रमा परेश रावल प्रस्तुत हुँदै आएका थिए । ‘हेरा फेरी’को दुई वटा शृंखलामा परेश रावलको भूमिका महत्त्वपूर्ण रहेको थियो । सोही कारण उनले अभिनय नगर्ने भएपछि यो चलचित्रको दुई वर्ष यताबाट छायांकन हुन सकेको छैन ।-एजेन्सी
सम्बन्धित समाचार
‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ
‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह
तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत
अमेरिकामा ‘नवौँ नेपाली साहित्य सम्मेलन’सुरु, ‘डङ्की’को आवरण लोकार्पण






