काठमाडौं । ‘चलचित्र विधेयक २०८२’माथि बुधवारबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ । नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले यो विधेयकको ’boutमा बुधवार बिहानी सत्रको बैठकमा प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गरे । यस अघि राष्ट्रिय सभाबाट प्रतिनिधि सभाको लागि यो विधेयक पठाइएको थियो । ‘चलचित्र विधेयक २०८२’ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको हो ।
राष्ट्रिय सभामा यस विधेयकमाथि भएको विभिन्न तर्क वितर्कमाथि विचार गरियोस् भनेर मन्त्री तिमिल्सिनाले संसदमा यो प्रस्ताव राखे । विधेय’bout उनको प्रस्तावमा सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका विपक्षीका सांसदहरूले समेत आफ्नो विचार प्रस्तुत गरेका छन् ।
चलचित्र विधेयकमाथि एमालेकी सांसद पद्मा अर्यालले चलचित्रकर्मीहरूको माग अनुसार यसलाई पारित गर्नु पर्ने बताइन् । बैठकमा चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनु पर्ने, चलचित्र विकास बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट राखिनु पर्ने र अध्यक्षको कार्यकाल ४ वर्षको हुनु पर्ने जस्ता धारणा उनीहरूले राखे ।
अभिनेत्री समेत रहेकी रीमा विश्वकर्माले निकै लामो संघर्षपछि यो विधेयक प्रतिनिधि सभामा आइपुगेको बताइन् । उनले यो विधेयक पारित भएसँगै यसै वर्षबाट कार्यान्वयन हुने वातावरण बनाउन सभामुखसँग बैठकमा आग्रह समेत गरिन् । बैठकमा अरु विभिन्न सांसदले पनि आफ्नो धारणा राखेका थिए ।
यस्तै बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आदिवासी चलचित्रको ’boutमा सुझाव दिए । पूर्व मिस नेपाल तथा रास्वपाकि सांसद अनुष्का श्रेष्ठ र रास्वपाकै सांसद पुकार बमले चलचित्रकर्मीहरूको धारणा अनुसार चलचित्र विकास बोर्डलाई स्वयत्त बनाउनु पर्ने सहित विभिन्न सुझाव दिए ।
सम्बन्धित समाचार
कान्स फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ
पर्दामा सफल अभिनेत्री सधैँ प्रेम र विवाहमा असफल
‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह
तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै
पलेँटीमा गुञ्जिँदै सुप्रसिद्ध गीतकार थापाका गीत






