पुष्प वर्षासहित भाजपा मुख्यालयमा लामिछानेलाई भव्य स्वागत

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ ।

मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ ।

भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस.जयशंकारसँग भेटघाट हुने बताइएको छ । आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज महानगरका मेयर सिंह धरौटीमा रिहा