काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जाँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किए लगत्तै परराष्ट्रमन्त्री खनाल भारत जान लागेका हुन् ।
खनालले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलमार्ग, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार–पारवहनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
रासायनिक मल आपूर्तिमा २८ अर्ब खर्च
रुबी खानसँग छैटौं ‘उधारो सहमति’
अध्यागमन सुशासनका लागि ‘डिजिटल टाइम कार्ड’ लागू
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्धारा दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
नयाँ अनलाइन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता अभिमुखीकरण
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त





