काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा (काठमाडौँ) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिनुभयो ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए ।
मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठलाई नियुक्ति गरेको छ । कोषको कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्ति गरिएको छ । त्यसैगरी कोषको सदस्यहरूमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बास्तोला र रामशोभित नायक नियुक्त भएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा पुरुषोत्तम भट्टराई नियुक्त भएका छन् । समितिको सदस्यहरूमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी नियुक्त भएका छन् ।
त्यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन् । सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल नियुक्त भएका छन् ।
मन्त्रालयले पाटन दरबार सङ्ग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त गरेको छ । मन्त्रालयले हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा सदस्यको रूपमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त भएको जनाएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक
रास्वपा महाधिवेशन थप एक दिन लम्बिने
रास्वपाको पदाधिकारी निर्वाचन कार्यतालिका सार्वजनिक, मध्यरातमा मतपरिणाम
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल
बाम दलः मनमा एकता, तनमा दम्भ
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप






