काठमाडौं । भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ११४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज बिहान ९ बजेसम्मको अपडेटअनुसार सो संख्यामा मानिसको मृत्यु भएको पुष्टि भएको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३४८ जनाको शव फेला परेको छ । यसैगरी, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, नुवाकोटमा १५५, तनहुँमा ३८, धादिङमा ५९, गोरखामा ६६ र रसुवामा ४१ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।
प्राधिकरणका अनुसार, अझै पनि ३ हजार ९१६ जना सम्पर्कविहीन छन् ।
हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ । नेपाली सेनाको हवाई उडानमार्फत मात्र ४०९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
यस्तो छ मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा, २० भदौमा मनाइने
स्कुलबाट घर आउँदै गर्दा बगेकी बिनिताको शव भेटियो, एक जनाको खोजी जारी
डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ
स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते
भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन
भेटिएनन् आफन्त, रोकिएनन् आँशु
१८ वर्षमा २० विपत्ति
सम्भव छ जलवायु न्याय र क्षतिपूर्तिको कानुनी लडाइँ






