उदयपुर । डेगु तथा जापानीज इन्सेफ्लाइटिस लगायत कीटजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । त्रियुगा नगरपालिका स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित ‘डेगु लगायत कीटजन्य रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले रोग नियन्त्रणका लागि समुदायस्तरमै प्रभावकारी अभियान सञ्चालन गर्नु पर्ने बताएका हुन् ।
कार्यक्रममा डेगु तथा जापानीज इन्सेफ्लाइटिस लगायतका रोग सार्ने लामखुट्टेको पहिचान, बासस्थान, रोगको अवस्था तथा रोकथामका उपाय’bout जानकारी गराइएको थियो । विशेषगरी डेगु सार्ने एडिज जातको लामखुट्टेले सफा तथा जमेर रहेको पानीमा प्रजनन गर्ने भएकाले घर, कार्यालय, विद्यालय तथा सार्वजनिक स्थान आसपास पानी जम्न नदिनु पर्नेमा जोड दिइएको थियो ।
लामखुट्टेको अण्डा तथा लार्भा उत्पादन हुने सम्भावित स्थान पहिचान गरी समयमै नष्ट गर्न सके डेगु संक्रमणको जोखिम घटाउन सकिने स्वास्थ्यकर्मीहरूले बताएका थिए । घर वरिपरि रहेका टायर, गमला, प्लास्टिकका भाँडा, बोतल, ड्रम तथा अन्य पानी जम्न सक्ने सामग्रीमा लामखुट्टेले प्रजनन गर्ने भएकाले त्यस्ता स्थान नियमित रूपमा सफा गर्नु पर्नेमा उनीहरूले जोड दिए ।
कार्यक्रममा डेगु रोगको विगत र वर्तमान अवस्था’bout समेत छलफल गरिएको थियो । पछिल्ला वर्षहरूमा नेपालका विभिन्न जिल्लामा डेगु संक्रमण देखिँदै आएको र संक्रमण नियन्त्रणका लागि उपचारसँगै लामखुट्टेको नियन्त्रण तथा जनचेतना अभिबृद्धिलाई प्राथमिकता दिनु पर्ने सहभागीहरूको भनाइ थियो । रोग फैलिइसकेपछि उपचारमा मात्र केन्द्रित हुनु भन्दा संक्रमणको श्र्रोत र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिइएको थियो ।
जापानीज इन्सेफ्लाइटि सलगायत अन्य कीटजन्य रोगको जोखिम न्यूनीकरणका लागि पनि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको कार्यक्रममा बताइएको थियो । रोगको प्रकृति, रोग सार्ने कीटको बासस्थान र रोकथामका उपाय’bout स्थानीय बासिन्दालाई जानकारी गराउन सके संक्रमणको जोखिम कम गर्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ थियो ।
त्यसैगरी उदयपुरमा चालु आर्थिक वर्षमा २ हजार ३ सय ८४ जनाको डेगु परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा डेगुको जोखिम कायमै रहेकाले लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानसँगै समुदायस्तरमा जनचेतना र पैरवीलाई प्रभावकारी बनाउनु पर्नेमा स्वास्थ्यकर्मी तथा सरोकारवालाले जोड दिएका छन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय उदयपुरका लौकाजी राईले जिल्लामा डेगुको अवस्था र रोग नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय’bout जानकारी गराएका थिए । उनका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २ हजार ३ सय ८४ जनाको डेगु परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणका लागि परीक्षण र उपचारसँगै लामखुट्टेको प्रजननस्थल नष्ट गर्नेतर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
डेगुसँगै जापानीज इन्सेफ्लाइटिस लगायत अन्य कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान तथा रोग नियन्त्रणका उपाय’bout समेत कार्यक्रममा जानकारी गराइएको थियो । रोग लागेपछि उपचार गर्ने भन्दा रोग सार्ने कीटको नियन्त्रण र संक्रमणको जोखिम न्यूनीकरणमा पूर्वतयारी गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले डेगु नियन्त्रणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । नगरपालिकाले सरसफाइ, लामखुट्टेको बासस्थान पहिचान तथा लार्भा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने धारणा उनले राखेका थिए । नगर प्रमुख बस्नेतले डेगु नियन्त्रण सरकारी स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी नभई स्थानीय समुदायको समेत साझा दायित्व भएको बताएका थिए । घर तथा टोलबाटै लामखुट्टेको बासस्थान नष्ट गर्ने र सरसफाइमा ध्यान दिने बानी विकास गर्न सके रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ थियो ।
सम्बन्धित समाचार
खोटाङमा ५० शैयाको अस्पताल कार्यान्वयनमा लैजान स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
देउमाईमा पेपरलेस बैठकदेखि डिजिटल प्रणालीसम्म
२६ विद्यालयलाई पछि पार्दै लभ्ली एन्जल्स बन्यो च्याम्पियन
धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ वारे अभिमुखीकरण
चीन–नेपाल जोड्ने केरुङ नाका यही स्थानमा किन बन्यो ?
धरानको भाटभटेनी सुपर मार्केट बुधबारदेखि पुनः सञ्चालनमा आउने
सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
धनगढीमा सर्प उद्धार अभियान : ३ वर्षमा ४ हजार ८३६ सर्पको उद्धार






